जितपुर सिमरा १७ रामनगर देखि जैतापुर बिचको पसाहा नदीमा

0

राजन चौधरी कोल्बीह

आज यही मिति २०८२ असार १ गतेबाट सामान्यतया वर्षा भए सङ्गै बर्षायामको सुरुवात भएको छ। अबको करिब २ महिना अति संबेदनसिल र अति कष्टकर यात्रा गर्नु पर्ने छ।
प्रसङ्ग हो जितपुर सिमरा १७ रामनगर देखि जैतापुर बिचको पसाहा नदि यो महेन्द्र राजमार्ग पछिको दोस्रो बढी आवत जावत गर्ने बाटोको रुपमा हामी देख्ने गर्दछौं । हुन त कोल्हबी र सिमरा जोड्ने यो सहायक बाटो हो त्यसैले पनि सरकारले यसलाइ कृषि सडकको रुपमा ब्याख्या गरेको पाइन्छ।
तथापी कोल्हबी , करैयामाइ, बारागढी लगाएतको स्थानबाट सिमरा जाने यो सहयोगी बाटो अरु भन्दा अलिक छोटो र सुरक्षीत भएको ले यो बाटो बढी नै चलनचल्तीमा छ। बिहान करिब ४ बजे बाट राती १० बजे सम्म हामी यो बाटो हुँदै आवत जावत गर्ने मान्छेहरुको लर्को लागेको देख्न सक्छौं । त्यो लर्को मजदुर, शिक्षक, किसान ,कर्मचारी ,ब्यापारी तथा आम कृषक जनसमुदाय हरुको रहेको हुन्छ। जुन दैनिक ज्यालादारीका लागि र विशेष गरि जितपुर सिमरा -१७ को सरकारी काम काजिका लागि बढी महत्त्वपूर्ण रहेको छ।
यो बाटोमा पुल निर्माण गर्नु अत्यावश्यक रहेको छ। बिगत बर्षौ देखि विभिन्न माध्यमबाट विभिन्न ब्यक्तिहरुले यातायात सहजताको लागि स्थानीय सरकार ,प्रदेश सरकार ,र केन्द्र सरकार सङ्ग समन्वय नगरेको भने होइन फेरि पनि यो बाटो नेपाल सरकारले प्राथमिकतामा नराख्नु, यसलाइ हल्का रुपमा लिनु खेद जनक छ। र अर्को तिर यो मधुबन देखि पश्चिम भोडाहा जोड्ने झोलुङ्गे पुल हो। जुन उपयोग भएको छैन। आज पसाहमा बाढी आए पछि बैकल्पिक बाटो खोज्ने क्रमा देखेको यो पुल सम्म जाने मधुबन तर्फबाट बाटो छ तर भोडाहा आउन करिब १ किलो मिटर बाटो नभएर कसैको खेतको आलि भएर आउन पर्छ।
बिकाश भएको राम्रो तर उपयोगिता कहाँनेर बढि छ भनेर नजान्नु लाजमर्दो कुरा हो।
सम्बन्धित निकाएको ध्यान जावस यो दृश्य हेर्नु होस

Leave a Reply

Your email address will not be published. Required fields are marked *