बिधुतिय सुरक्षा दिवसको अवसरमा मौलापुरमा प्रभातफेरी, जनचेतना अभिवृद्धिमा जोड

0

चैत २६ गते राम प्रवेश बैठा
रौतहटको नेपाल विद्युत प्राधिकरणको ३० औँ बिधुतिय सुरक्षा दिवस २०८० चैत २६ गतेको अवसरमा मौलापुरमा प्रभातफेरी कार्यक्रम सम्पन्न भएको छ।
नेपाल विद्युत प्राधिकरण मौलापुर वितरण केन्द्रका प्रमुख उमेश दासको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा मौलापुर बजार क्षेत्रमा विभिन्न पदाधिकारी, कर्मचारी तथा स्थानीयवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमअन्तर्गत नगरका विभिन्न स्थानहरूमा र्‍याली निकाल्दै विद्युत सुरक्षा सम्बन्धी जनचेतनामूलक सन्देश प्रवाह गरिएको थियो। र्‍यालीका सहभागीहरूले विद्युत चुहावट नियन्त्रण, सुरक्षित रूपमा विद्युत प्रयोग गर्ने तरिका तथा सम्भावित दुर्घटनाबाट जोगिने उपायबारे सचेतना फैलाएका थिए।
कार्यक्रमका वक्ताहरूले विद्युत चुहावट नियन्त्रण गर्नु अत्यन्त आवश्यक रहेको उल्लेख गर्दै यसले राष्ट्रिय सम्पत्तिको संरक्षणका साथै दुर्घटना न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्ने बताएका थिए। साथै, सर्वसाधारणलाई विद्युत उपकरण प्रयोग गर्दा सावधानी अपनाउन र अनियमितता देखिएमा सम्बन्धित निकायलाई जानकारी गराउन आग्रह गरिएको थियो।
यस प्रकारका जनचेतनामूलक कार्यक्रमहरूले विद्युत सुरक्षा सम्बन्धी जानकारी विस्तार गर्न तथा समुदायलाई सुरक्षित बनाउन महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *