मौलापुरमा आगलागी पीडितलाई नगरप्रमुखद्वारा राहत वितरण

0

चैत २६ गते राम प्रवेश बैठा
रौतहटको मौलापुर नगरपालिका वडा नम्बर ५ बजार क्षेत्रमा भएको आगलागीबाट पीडित बनेका स्थानीय जगदीश साहलाई नगरप्रमुख रीना कुमारी साहले राहत सामग्री उपलब्ध गराएकी छन्।
आगलागीबाट घरवार विहीन बनेका साह परिवारको अवस्थालाई मध्यनजर गर्दै नगरप्रमुख साह स्वयं पीडितको घरमै पुगेर राहत वितरण गरेकी हुन्। राहत सामग्री अन्तर्गत चामल, दाल, तरकारी, नुन-तेल, त्रिपाल तथा नगद ५ हजार रुपैयाँ प्रदान गरिएको छ।
यस क्रममा नगरप्रमुख साहले पीडित परिवारको दुःखमा साथ दिँदै तत्काल अस्थायी बसोबासको व्यवस्था गरिने आश्वासनसमेत दिएकी छन्। उनले विपद्को घडीमा स्थानीय सरकार सधैं नागरिकसँगै रहने बताउँदै आवश्यक सहयोग निरन्तर गरिने उल्लेख गरिन्।
आगलागी पीडित परिवारको समस्यालाई बुझ्दै तत्काल राहत उपलब्ध गराइएकोप्रति स्थानीयवासीले नगरप्रमुखप्रति आभार व्यक्त गरेका छन्। स्थानीय तहको सक्रियता र मानवीय संवेदनशीलताले विपद् व्यवस्थापनमा सकारात्मक सन्देश दिएको

Leave a Reply

Your email address will not be published. Required fields are marked *