कर्कचमा नाला निर्माणका लागि शिलान्यास, स्थानीयमा उत्साह

0

चैत २५ गते राम प्रवेश बैठा

रौतहटको देवाही गोनाही नगरपालिका–६ कर्कच कर्मैयामा नाला निर्माण कार्यको औपचारिक शुभारम्भ गरिएको छ। नगर प्रमुख प्रेमलाल साहले एक कार्यक्रमबीच उक्त योजनाको शिलान्यास गर्दै विकास निर्माणलाई तीव्रता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

स्थानीय स्तरमा लामो समयदेखि आवश्यक मानिएको नाला निर्माण कार्य वडा अध्यक्ष पदका प्रत्यासी पवन ठाकुरको पहलमा अघि बढाइएको हो। शिलान्यास कार्यक्रममा बोल्दै नगर प्रमुख साहले नगरका विभिन्न वडामा पूर्वाधार विकासलाई प्राथमिकतामा राखिएको बताउँदै समयमै गुणस्तरीय निर्माण सम्पन्न गरिने विश्वास व्यक्त गर्नुभयो।
उक्त नाला निर्माण योजना नगरस्तरीय करिब ९ लाख रुपैयाँको लागतमा सम्पन्न हुने जानकारी पवन ठाकुरले दिनुभयो। नाला निर्माण भएपछि वर्षायाममा हुने जलजमाव तथा सरसफाइ समस्यामा सुधार आउने अपेक्षा गरिएको छ।
शिलान्यास कार्यक्रममा वडा नम्बर–५ का वडा अध्यक्ष उपेन्द्र साह, इलाका प्रहरी कार्यालय देवाही गोनाहीका प्रहरी निरीक्षक तेजप्रसाद भट्टराई, सञ्चारकर्मी तथा स्थानीय भद्रभलादमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
स्थानीयवासीहरूले लामो समयदेखि माग गर्दै आएको नाला निर्माण कार्य सुरु भएपछि खुसी व्यक्त गर्दै काम समयमै सम्पन्न हुने अपेक्षा गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *