मेयर रीना कुमारी साह ‘५० प्रभावशाली महिला २०८२’ सूचीमा प्रथम, मौलापुरको विकास मोडेललाई राष्ट्रिय सम्मान

चैत २३ गते राम प्रवेश बैठा
काठमाडौंमा Onlinekhabar द्वारा सार्वजनिक गरिएको ‘५० प्रभावशाली महिला २०८२’ को सूचीमा रीना कुमारी साह पहिलो स्थानमा पर्न सफल भएकी छन्। मौलापुर नगरपालिकाको विकास मोडेललाई उच्च मूल्यांकन गर्दै उक्त सम्मान प्रदान गरिएको हो।
काठमाडौँमा आयोजित विशेष समारोहमा सपना प्रधान मल्ल ले मेयर साहलाई सम्मान प्रदान गरेकी थिइन्। कार्यक्रममा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
मेयर साहले आफ्नो नेतृत्वमा मौलापुर नगरपालिकामा पूर्वाधार विकास, सामाजिक रूपान्तरण, दलित तथा विपन्न समुदायका लागि लक्षित कार्यक्रम, शिक्षा र स्वास्थ्य क्षेत्रमा उल्लेखनीय सुधार ल्याएकी छन्। विशेषगरी एकीकृत बस्ती निर्माण, सडक विस्तार, सरसफाइ तथा जनमैत्री सेवा प्रवाहमा उनले देखाएको सक्रियता प्रशंसनीय मानिएको छ।
स्थानीयवासीका अनुसार मेयर साहको कार्यशैली पारदर्शी, उत्तरदायी र परिणाममुखी रहेको छ। यही कारणले मौलापुर अहिले देशभर एक उदाहरणीय विकास मोडेलका रूपमा चिनिन थालेको छ।
सम्मान प्राप्त गरेपछि मेयर साहले यस उपलब्धिलाई सम्पूर्ण मौलापुरवासीको साझा सफलता भएको बताउँदै आगामी दिनमा अझ प्रभावकारी सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन्।
यस उपलब्धिले रौतहटसहित सम्पूर्ण मधेश प्रदेशको गौरव बढाएको स्थानीयहरूको भनाइ
