गरिबका लागि आएको आवास योजना सम्पन्नकै घरमा ? स्थानीयको छानबिन माग
filter: null; fileterIntensity: null; filterMask: null; captureOrientation: 0; algolist: 0; multi-frame: 1; brp_mask:0; brp_del_th:null; brp_del_sen:null; motionR: 0; delta:null; module: video;hw-remosaic: false;touch: (-1.0, -1.0);sceneMode: null;cct_value: 0;AI_Scene: (-1, -1);aec_lux: 148.16412;aec_lux_index: 0;albedo: ;confidence: ;motionLevel: 0;weatherinfo: weather?null, icon:null, weatherInfo:100;temperature: 44;zeissColor: bright;
बैशाख ५ गते राम प्रवेश बैठा
रौतहटको फतुवा विजयपुर नगरपालिका–९ बरहरवा टोलमा अति गरिब तथा घरबारविहीन परिवारका लागि ल्याइएको आवास योजना कार्यान्वयनमा अनियमितता भएको भन्दै स्थानीयवासीले गम्भीर आपत्ति जनाएका छन्।
मधेस प्रदेशको पूर्वाधार विकास कार्यालयमार्फत पहिलो चरणमा अति गरिब, असहाय तथा घरबारविहीन व्यक्तिहरूका लागि घर निर्माण गर्ने योजना अघि बढाइएको थियो। तर स्थानीयका अनुसार वास्तविक पीडित र गरिब परिवारले लाभ नपाई आर्थिक रूपमा सम्पन्न व्यक्तिहरूको घर निर्माण भइरहेको आरोप लगाइएको छ।
“गरिबको नाममा आएको योजना सम्पन्नका घरमा पुगेको छ, वास्तविक पीडित अझै छानोविहीन छन्,” एक स्थानीयले गुनासो गरे।
स्थानीयवासीले सम्बन्धित निकायसँग सत्यतथ्य छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न माग गरेका छन्। जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय रौतहटले नागरिक सुनुवाइ कार्यक्रममार्फत वास्तविकता पत्ता लगाई न्याय दिलाउनुपर्ने उनीहरूको माग छ।
यस विषयमा सम्बन्धित निकायबाट औपचारिक प्रतिक्रिया भने आइसकेको छैन। तर स्थानीयले छानबिन प्रक्रिया छिटो अघि बढाएर वास्तविक गरिबलाई न्याय दिनुपर्नेमा जोड दिएका छन्।
