मौलापुरमा भव्य ब्रह्मबाबा मन्दिर निर्माणको शिलान्यास

0

filter: null; fileterIntensity: null; filterMask: null; captureOrientation: 0; algolist: 0; multi-frame: 1; brp_mask:0; brp_del_th:null; brp_del_sen:null; motionR: 0; delta:null; module: video;hw-remosaic: false;touch: (-1.0, -1.0);sceneMode: null;cct_value: 0;AI_Scene: (-1, -1);aec_lux: 149.07266;aec_lux_index: 0;albedo: ;confidence: ;motionLevel: 0;weatherinfo: weather?null, icon:null, weatherInfo:100;temperature: 38;zeissColor: bright;

बैशाख २ गते राम प्रवेश बैठा
रौतहटको मौलापुर नगरपालिका  मौलापुरमा एक भव्य तथा आधुनिक ब्रह्मबाबा मन्दिर निर्माणको शिलान्यास गरिएको छ। मौलापुर नगरपालिका–५ स्थित मौलापुर टोलमा रहेको पुरानो ब्रह्मबाबा मन्दिरलाई आधुनिक एवं नमूना (मोडल) मन्दिरका रूपमा विकास गर्ने उद्देश्यका साथ निर्माण कार्य सुरु गरिएको हो।
उक्त मन्दिरको शिलान्यास नगर प्रमुख रिनाकुमारी साह ले विशेष धार्मिक विधि तथा पूजा–प्रार्थनासहित सम्पन्न गर्नुभएको हो। मन्दिर परिसरमा आयोजित कार्यक्रममा भक्तजनहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा वडा अध्यक्ष भगवान पटेल, वडा अध्यक्ष राम पुकार साह, आम जनता पार्टीका नेता ठगा दास, कार्यपालिका सदस्य सुनिल साह प्रमुख प्रशासकीय अधिकृत राम बाबु साह लगायत स्थानीय सर्वसाधारणको सक्रिय सहभागिता रहेको थियो।
स्थानीयवासीहरूले मौलापुरको ऐतिहासिक तथा धार्मिक महत्व बोकेको ब्रह्मबाबा मन्दिरलाई आधुनिक र आकर्षक स्वरूपमा विकास गर्न पहल गरेकोमा नगर प्रमुख रिनाकुमारी साहप्रति विशेष धन्यवाद ज्ञापन गरेका छन्।
यो परियोजनाले धार्मिक पर्यटन प्रवर्द्धनसँगै मौलापुरको पहिचान अझ मजबुत बनाउने विश्वास गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *