विजेता टिम करुनियालाई हार्दिक बधाई तथा शुभकामना
चैत २१ गते राम प्रवेश बैठा
रौतहटको देवाही गोनाही नगरपालिका द्वारा आयोजित दोस्रो नगरस्तरीय नकआउट फुटबल प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ। शनिबार सम्पन्न भएको रोमाञ्चक फाइनल खेलमा वडा नम्बर–१ करुनिया टिम विजयी हुँदै उपाधि आफ्नो नाममा सुरक्षित गर्न सफल भएको हो।
प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेको करुनिया टिमले फाइनलमा पनि दमदार खेल प्रस्तुत गर्दै प्रतिद्वन्द्वी टिमलाई पराजित गरेको थियो। खेल मैदानमा दर्शकहरूको उल्लेख्य उपस्थिति रहेको थियो भने खेल निकै प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेको थियो।
फाइनल खेल सम्पन्न भएपछि आयोजित पुरस्कार वितरण कार्यक्रममा नगर प्रमुख प्रेमलाल साहले विजेता तथा उप–विजेता दुवै टिमलाई कप, मेडल तथा प्रमाणपत्र प्रदान गर्दै सम्मान गर्नुभयो। उहाँले खेलकुदले युवाहरूलाई अनुशासित, स्वस्थ र सकारात्मक दिशातर्फ अग्रसर गराउने बताउँदै आगामी दिनमा यस्ता प्रतियोगितालाई अझ व्यापक बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।
स्थानीय स्तरमा खेलकुदको विकास तथा प्रतिभा पहिचान गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताले नगरभित्रका युवाहरूमा नयाँ उत्साह थपेको छ। आयोजकले प्रतियोगिता सफल बनाउन सहयोग गर्ने सम्पूर्ण खेलाडी, दर्शक तथा सहयोगीप्रति आभार व्यक्त गरेको
