कुटपिट घटनामा ३ जना पक्राउ, अनुसन्धान जारी

0

filter: 104; fileterIntensity: 0.79; filterMask: 0; captureOrientation: 0; runfunc: 0; algolist: 0; multi-frame: 1; brp_mask:0; brp_del_th:0.0000,0.0000; brp_del_sen:0.0000,0.0000; motionR: 65537; delta:1; bokeh:1; module: photo;hw-remosaic: false;touch: (-1.0, -1.0);sceneMode: 4;cct_value: 0;AI_Scene: (-1, -1);aec_lux: 150.41653;aec_lux_index: 0;albedo: ;confidence: ;motionLevel: -1;weatherinfo: weather?null, icon:null, weatherInfo:100;temperature: 38;zeissColor: bright;

बैशाख ५ गते राम प्रवेश बैठा
रौतहट । मौलापुर नगरपालिका वडा नं. ४ पतौरा निवासी उपेन्द्र साहमाथि सामूहिक कुटपिट गरी गम्भीर घाइते बनाइएको घटनामा संलग्न ३ जनालाई प्रहरीले पक्राउ गरेको छ।
स्थानीय राम जन्म साह, श्याम जन्म साह, जय राम साह, दिनेश साह, राम प्रवेश साह, अनुठा साह लगायतका ६ जनाको समूहले उपेन्द्र साहलाई कुटपिट गरी ज्यान मार्ने प्रयास गरेको आरोप लागेको छ। घटनापछि घाइते साहको उपचार भइरहेको बताइएको छ।
ईलाका प्रहरी कार्यालय मौलपुरको सहयोगमा घटनामा संलग्नमध्ये ३ जनालाई पक्राउ गरी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। अन्य संलग्न व्यक्तिहरुको खोजी कार्य जारी रहेको छ।
प्रहरीका अनुसार पुरानो गराईसी र आपसी विवादकै कारण घटना यस स्तरसम्म पुगेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
यस घटनाले स्थानीय क्षेत्रमा त्रास फैलाएको छ भने दोषीमाथि कडा कारबाही गर्न स्थानीयवासीले माग गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *