रौतहटमा आगलागी : दुई लाख बराबरको क्षति, दम्पती घरविहीन

0

filter: 104; fileterIntensity: 0.79; filterMask: 0; captureOrientation: 0; runfunc: 0; algolist: 0; multi-frame: 1; brp_mask:8; brp_del_th:0.0000,0.0000; brp_del_sen:0.0000,0.0000; motionR: 0; delta:1; bokeh:1; module: photo;hw-remosaic: false;touch: (-1.0, -1.0);sceneMode: 4194304;cct_value: 0;AI_Scene: (-1, -1);aec_lux: 70.4957;aec_lux_index: 0;albedo: ;confidence: ;motionLevel: -1;weatherinfo: weather?null, icon:null, weatherInfo:100;temperature: 32;zeissColor: bright;

चैत २२ गते राम प्रवेश बैठा
रौतहटको मौलापुर नगरपालिका वडा नं. ५ स्थित मछली बजार नजिकै रहेको जगदीश साहको फुसको घरमा आइतबार आगलागी भएको छ। आगलागीबाट घरभित्र रहेका लत्ताकपडा, धान, गहुँ, चामल लगायत करिब दुई लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ।
स्थानीयका अनुसार घरभित्र रहेको ग्यास सिलिन्डर विस्फोट हुँदा ठूलो आवाज आएको थियो, जसका कारण मौलापुर बजार क्षेत्र नै केहीबेर त्रसित बनेको थियो।
घटनालगत्तै ईलाका प्रहरी कार्यालय मौलापुर र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो। आगलागीमा मानवीय क्षति भने नभएको पुष्टि भएको छ।
घर पूर्णरूपमा जलेपछि पीडित जगदीश साह दम्पती घरविहीन भएका छन्। हाल उनीहरूलाई मौलापुर एफएम मा अस्थायी रूपमा बसोबासको व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ।
आगलागीको कारणबारे थप अनुसन्धान भइरहेको छ भने पीडित परिवारलाई राहत तथा सहयोगको आवश्यकता देखिएको स्थानीयले बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *