कैलालीको चिसापानीमा जालपादेवी केबलकारको शिलान्यास

0

पुस १३, २०८१ शनिबार

कैलालीको लम्कीचुहा नगरपालिकाको चिसापानीमा जालपादेवी केबलकारको शिलान्यास भएको छ।

शनिवार परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जालपादेवी केबलकारको शिलान्यास गरेकी हुन्। चिसापानीमा बेस स्टेशन रहने केबलकारको शीर्ष बिन्दु भने मोहन्याल गाउँपालिकामा रहनेछ।

शिलान्यस कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रदेश र स्थानीय तहहरुबीच लगानीकर्ताहरुलाई सम्भावित आयोजनामा लगानीका लागि आह्वान गर्ने प्रतिष्पर्धा हुनसकेमात्रै आर्थिक विकास र समृद्धि हासिल हुने बताए।

चन्द्रागिरिकै मोडलमा सातवटै प्रदेशमा केबलकार, होटल तथा रिसोर्टसहितको विशाल पर्यटन पूर्वाधार निर्माणको उद्देश्य लिएर आफूहरुह अघि बढिरहेको अध्यक्ष ढकालको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *