मनमोहन सिंहको राजकीय सम्मानसहित निगमबोध घाटमा अन्त्येष्टि

0

२०८१ पुष १३ शनिबार  नयाँदिल्ली ।

भारतीय पूर्वप्रधानमन्त्री मनमोहन सिंहको शनिबार दिल्लीको कश्मीरी गेटस्थित निगमबोध घाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । उनको अन्त्येष्टिमा परिवार, साथीभाइ, सहकर्मी र सरकारी विशिष्ट व्यक्तिको उपस्थितिमा भएको थियो ।

उनीप्रति सम्मान व्यक्त गर्न सागर पुगेका राष्ट्रपति द्रौपदी मुर्मू, प्रधानमन्त्री नरेन्द्र मोदी, केन्द्रीय गृहमन्त्री अमित शाह र रक्षामन्त्री राजनाथ सिंहले उनको पार्थिव शरीरमा माल्यार्पण गरी श्रद्धाञ्जली अर्पण गरेका थिए ।

शिख रीतिरिवाजअनुसार सिंहको अन्त्येष्टि गरिएको हो । काङ्ग्रेस अध्यक्ष मल्लिकार्जुन खड़गे, सोनिया गान्धी, राहुल गान्धीले पनि आफ्ना पूर्व नेता र पूर्व प्रधानमन्त्रीप्रति श्रद्धाञ्जली सभा तथा अन्तिम संस्कारको कार्यक्रममा सहभागी भएका थिए ।

पूर्वप्रधानमन्त्री सिंहको पार्थिव शरीरलाई शनिबार बिहान उनको निवासबाट श्रद्धाञ्जलीका लागि दिल्लीस्थित अल इन्डिया कङ्ग्रेस कमिटी (एआईसीसी) को मुख्यालयमा ल्याइएको थियो ।

दिल्लीस्थित पूर्व प्रधानमन्त्रीको निवास बाहिर पनि श्रद्धाञ्जली अर्पण गर्न कयौँ मानिस भेला भएका थिए ।

यसअघि शुक्रबार मन्त्रिपरिषद्को बैठकपछि गृहमन्त्री अमित शाहले काङ्ग्रेस अध्यक्ष खड़गे र स्वर्गीय सिंहको परिवारलाई सरकारले स्मारकका लागि ठाउँ छुट्याइने जानकारी गराएका थिए ।

उनले लामो समय भारतीय राजनीतिमा सक्रिय भएका थिए । विशेष गरी आर्थिक सङ्कटको समयमा स्थिर नेतृत्व र भारतको अर्थव्यवस्थाको आधुनिकीकरणमा उनको योगदानको लागि उनलाई सम्झना गरिन्छ ।

सिंहको शुक्रबार राति स्थानीय समयअनुसार ९ः५१ बजे एम्स अस्पतालमा निधन भएको थियो । घरमा बेहोश भएपछि उनलाई राति ८ः६ बजे अस्पताल ल्याइएको थियो ।

केन्द्रीय मन्त्रिपरिषद्को बैठक बसेर सिंहलाई श्रद्धाञ्जली दिइएको थियो भने शोकप्रस्तावसमेत पारित गरिएको थियो । मोदी सरकारले शुक्रबार कुनै पनि औपचारिक कार्यक्रम गरेन ।

सादगी जीवन रुचाउने सिंह भारतका पहिलो शिख प्रधानमन्त्री हुन् । उनी लामो समय प्रधानमन्त्री हुने चौथो व्यक्ति हुन् । उनी सन् २००४ मा देशका चौधौँ प्रधानमन्त्री बनेका थिए । उनले सन् २०१४ को मेसम्म प्रधानमन्त्रीका रुपमा काम गरेका थिए ।

उनले नेपालप्रति निकै नै सद्भाव राख्दथे । आफू प्रधानमन्त्री भएका बेलामा नेपालबाट गएका तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालााई स्वागत गर्न विमानस्थलमै पुगेका थिए ।

गिरिजाप्रसादको ओज उनलाई राम्रैसँग थाहा थियो । उनी भारतका १४ औँ प्रधानमन्त्री थिए । त्यस्तै लामो समय प्रधानमन्त्री हुने उनी भारतका चौथो प्रधानमन्त्री हुन् ।

उनी वित्तमन्त्री (अर्थमन्त्री) हुँदा भारतले अर्थतन्त्रमा नयाँ उचाई छोएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *