रौतहट क्षेत्र नं.-१ मा तरुण दलको सभापति एमडी सनम चयन

0

‎सागर संगम ठाकुर रौतहट भदौ १३ गते

‎रौतहटकाे क्षेत्र नम्बर १ मा नेपाली कांग्रेस निकट नेपाल तरुण दलकाे क्षेत्रिय सभापतिमा एमडी सनम चयन भएको छ। नेपाली कांग्रेस रौतहट भाई क्षेत्र नम्बर १ (क) र (ख) काे भेलाबाट सभापति पदमा चर्चित युवा भाई एमडी सनम चयन भएको छ। निर्वाचन क्षेत्र १ काे प्रदेश (क) र (ख) मा रहेकाे ४२ वटा वडाका नेपाल तरुण दलका सक्रिय सदस्यहरुकाे उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हाे।

 

नेपाल तरुन दल रौतहटका कार्यवाहक सभापति सुमित सिल्बालकाे सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथी नेपाली काँग्रेस मधेश प्रदेशका सभापति एवं पूर्वमंत्री माननीय कृष्णप्रसाद यादव रहनु भएको थियो भने बिशिस्ट अतिथिको रुपमा रौतहट क्षेत्र नम्बर १ ( क) प्रदेश सांसद नागेन्द्र साह रहनु भएको थियोे । सभापति चयन कार्यक्रममा नेपाली कांग्रेस निकटका रौतहट जिल्लाका वरिष्ट नेता कार्यकर्ताहरुको समेत उपस्थित रहेको थियोे । कार्यक्रममा बाेल्दै नव नियुक्त तरुण दलका सभापति एमडी सनमले आफुलाई पार्टीले दिएको जिम्मेवारी ईमानदारीता पुर्वक बहन गर्ने प्रतिबद्धता जनाउनु भयो । वहाँले नेपाली कांग्रेस पार्टीको सच्चा सिपाही भएर पार्टीको संगठन निर्माणमा सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्नु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *