कटहरिया–६ फतेपुरमा अति गरिब परिवारलाई ब्ल्याङ्केट वितरण
filter: 104; fileterIntensity: 0.8; filterMask: 0; captureOrientation: 0; runfunc: 0; algolist: 0; multi-frame: 1; brp_mask:8; brp_del_th:0.0000,0.0000; brp_del_sen:0.0000,0.0000; motionR: 65536; delta:1; bokeh:1; module: photo;hw-remosaic: false;touch: (-1.0, -1.0);sceneMode: 4194304;cct_value: 0;AI_Scene: (200, 0);aec_lux: 161.8667;aec_lux_index: 0;albedo: ;confidence: ;motionLevel: 65536;weatherinfo: weather?null, icon:null, weatherInfo:100;temperature: 22;zeissColor: bright;
पुस
रौतहट जिल्लाको कटहरिया नगरपालिका वडा नं. ६ फतेपुरमा आज समाजसेवी युवा नेता शेख प्रवेज आलमले अति गरिब १० घरपरिवारलाई ब्ल्याङ्केट वितरण गर्नुभएको छ। चिसो मौसमका कारण दैनिक जीवन कष्टकर बन्दै गएको अवस्थामा राहतस्वरूप ब्ल्याङ्केट वितरण गरिएको हो।
स्थानीय स्तरमा लामो समयदेखि सामाजिक सेवामा सक्रिय रहँदै आउनुभएका आलमले आफ्नै गाउँका विपन्न तथा असहाय परिवारलाई लक्षित गरी सहयोग कार्यक्रम सञ्चालन गर्नुभएको बताइएको छ। उहाँले गरिब, असहाय तथा दुःखी परिवारको पीडामा साथ दिनु आफ्नो सामाजिक दायित्व भएको बताउनुभयो।
ब्ल्याङ्केट वितरण कार्यक्रममा बोल्दै शेख प्रवेज आलमले भन्नुभयो, “गाउँमा रहेका अति गरिब परिवारलाई सकेसम्म सहयोग गर्दै आएको छु। आगामी दिनमा पनि यस्ता सेवा तथा सहयोगका कार्यक्रम निरन्तर जारी रहनेछन्।”
स्थानीय बासिन्दाहरूले समाजसेवी आलमको यस कार्यको प्रशंसा गर्दै यस्ता मानवीय कार्यले समाजमा सकारात्मक सन्देश जाने बताएका छन्। उनीहरूले अन्य सक्षम व्यक्तिहरूलाई पनि सामाजिक सेवामा अग्रसर हुन आग्रह गरेका छन्।
यस किसिमको सहयोग कार्यक्रमले फतेपुर क्षेत्रका विपन्न परिवारलाई राहत मिलेको छ भने सामाजिक सद्भाव र सहयोगको भावना अझ मजबुत हुने अपेक्षा गरिएको छ।
