कटहरिया नगरपालिका वडा नम्बर ६ फत्तेपुर मा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न – विद्यार्थीहरूलाई उज्ज्वल भविष्यको शुभकामना

0

राम प्रबेश बैठा
रौतहट, असार १५ गते – रौतहटको कटहरिया नगरपालिका वडा नम्बर ४ को आयोजनामा एक प्रेरणादायी हाजिरीजवाफ प्रतियोगिता कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। यस कार्यक्रमको प्रमुख अतिथि वडा नं. ४ का वडाअध्यक्ष चन्दन कुशवाहा हुनुहुन्थ्यो भने कार्यक्रम उहाँकै विशेष पहलमा सम्पन्न भएको हो।

प्रतियोगितामा विभिन्न विद्यालयबाट विद्यार्थी भाइबहिनीहरूको उत्साहजनक सहभागिता रह्यो। साथै, शिक्षक प्रतिनिधि, विद्यालयका प्राचार्यज्यूहरू र अभिभावकको उपस्थिति उल्लेखनीय रह्यो। कार्यक्रमलाई सफल बनाउन आधारभूत विद्यालय फतेपुरका प्रमुख प्र.अ. तथा सम्पूर्ण शिक्षक परिवारको योगदान प्रशंसनीय रह्यो।

कार्यक्रममा ६ का वडा अध्यक्ष श्री जयराम चौधरी, वाडा सदस्य बोधा महतो र समाजसेवी रामाकान्त कुशवाहा, उमाकान्त सहनी , आम जनता पार्टीको केन्द्रीय सचिवालय सदस्य अन्जित कुशवाहा, वडा अध्यक्ष पदका प्रत्यासी रामाशंकर यादव, साथै शिक्षाविद् राजेश सर, शिक्षक क्रान्ति कुशवाहा दलित नेता दिपेन्द्र रविदास लगायत गाउँका भद्रभलादमीहरुको उपस्थिती लगायत थुप्रै विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण महानुभावहरूलाई आयोजक पक्षबाट हार्दिक धन्यवाद ज्ञापन गरिएको छ। साथै, सहभागी सम्पूर्ण विद्यार्थीहरूलाई उज्ज्वल भविष्यको शुभकामना समेत व्यक्त गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *