मौलापुरमा बिधुत र बिहेको भुक्तानी रोकिँदा स्थानीय आक्रोशित, संघर्ष समितिद्वारा ज्ञापनपत्र पेश

0

filter: null; fileterIntensity: null; filterMask: null; captureOrientation: 0; algolist: 0; multi-frame: 1; brp_mask:0; brp_del_th:null; brp_del_sen:null; motionR: 0; delta:null; module: video;hw-remosaic: false;touch: (-1.0, -1.0);sceneMode: null;cct_value: 0;AI_Scene: (-1, -1);aec_lux: 127.24217;aec_lux_index: 0;albedo: ;confidence: ;motionLevel: 0;weatherinfo: weather?null, icon:null, weatherInfo:100;temperature: 43;zeissColor: bright;

बैशाख ७ गते राम प्रवेश बैठा
रौतहटको मौलापुर नगरपालिकामा बिजुली, खानेपानी तथा विवाहसम्बन्धी रकम लामो समयदेखि भुक्तानी नहुँदा स्थानीयवासी आक्रोशित बनेका छन्। यसै सन्दर्भमा मौलापुर नगरपालिका अन्तर्गतका सम्पूर्ण वडाका संघर्ष समितिले प्रमुख प्रशासकीय अधिकृतसमक्ष ज्ञापनपत्र पेश गर्दै तत्काल समस्या समाधानको माग गरेका छन्।
पतौरा स्थित नगर कार्यपालिकाको कार्यालयमा बुझाइएको ज्ञापनपत्रमा नगरपालिकाबाट वितरण हुँदै आएको बिजुली, पानी तथा छोरीको विवाहसम्बन्धी रकम लामो समयदेखि रोकिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ। यस्ता भुक्तानी पारदर्शी, वैधानिक र समयमै हुनुपर्ने भए पनि हालसम्म किन रोकिएको हो भन्नेबारे स्पष्ट जानकारी नगरवासीलाई नदिइएको भन्दै असन्तुष्टि व्यक्त गरिएको छ।
संघर्ष समितिले चार बुँदे माग अघि सारेको छ। जसअनुसार भुक्तानी रोकिएको कारण तत्काल सार्वजनिक गर्न, सम्पूर्ण बाँकी रकम निश्चित समयसीमाभित्र चुक्ता गर्न, बाँकी रकम भुक्तानी नभएसम्म अन्य योजनाको भुक्तानी रोक्न तथा विकास योजनाका उपभोक्ता समितिको गठन पारदर्शी बनाउनुपर्ने माग गरिएको छ।
ज्ञापनपत्रमा नगरवासीको जनभावनाको सम्मान गर्दै यथाशीघ्र आवश्यक निर्णय लिन आग्रह गरिएको छ। साथै माग सम्बोधन नभए थप सशक्त आन्दोलनका कार्यक्रम अघि बढाउने चेतावनी समेत दिइएको छ।
संघर्ष समितिले नगरपालिकाले चाँडो निर्णय लिएर नागरिकको विश्वास कायम गर्नुपर्नेमा जोड दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *