धान दिवसको अवसरमा मौलापुरमा विशेष कार्यक्रम सम्पन्न
filter: 0; jpegRotation: 0; fileterIntensity: 0.000000; filterMask: 0; module:0facing:0; hw-remosaic: 0; touch: (-1.0, -1.0); modeInfo: ; sceneMode: Auto; cct_value: 0; AI_Scene: (-1, -1); aec_lux: 134.0; hist255: 0.0; hist252~255: 0.0; hist0~15: 0.0;
रौतहट, असार १५ गते राम प्रवेश बैठा
धान खेतीको शुभ शुरुआतको रूपमा मनाइने असार १५ – राष्ट्रिय धान दिवसको अवसरमा रौतहटको मौलापुर नगरपालिकामा विशेष कार्यक्रम आयोजना गरिएको छ। नगर प्रमुख रिना कुमारी साह, उप–मेयर नगेन्द्र यादव तथा प्रमुख प्रशासकीय अधिकृत राम बाबु साह ज्यूको नेतृत्वमा पालिका सम्पुर्ण कर्मचारीहरू तथा जनप्रतिनिधिहरुको साथमा वडा नम्बर ७ स्थित किसान दिलिप कुमार साहको खेतमा धान रोपाइँ गर्दै दिवसको सुरुआत गरिएको हो।
कार्यक्रमको अवसरमा नगर प्रमुख साहले कृषकहरूको हितका लागि सिंचाइ सुविधाको पहुँच सबै किसानसम्म पुर्याउने तथा कृषिमा प्रयोग हुने विद्युत महसुल निःशुल्क गर्ने व्यवस्था मिलाउने घोषणा गर्नुभयो। साथै नगरपालिकाभित्रका सबै सडक, बाटो, घाटोमा भएका खाल्डा–खुल्डी पुर्ने, सफा राख्ने, र ग्रामीण पूर्वाधार सुदृढीकरणको लागि विशेष योजना ल्याउने जानकारी दिइएको छ।
कार्यक्रममा विभिन्न राजनीतिक दल, स्थानीय समाजसेवी, तथा कृषकहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सबैको साझा प्रयासले नगरलाई स्वस्थ, समृद्ध र कृषिमैत्री बनाउने अभियानलाई साकार बनाइने प्रतिबद्धता जनाइएको छ।
मौलापुर नगरपालिकाले आगामी दिनमा कृषकहरूको हक, अधिकार र जीवनस्तर सुधार गर्ने नीतिहरूमा अझ प्रभावकारी ढंगले कार्यान्वयन गर्ने आश्वासन दिएको छ।
