वडा अध्यक्ष वीरबहादुर साहद्वारा खेलाडी र पुजारीलाई सामग्री वितरण

0

राम प्रवेश बैठा

असार २३ गते

रौतहटको, देवाही गोनाही नगरपालिका–९ धरहरीका वडा अध्यक्ष वीरबहादुर साहले धार्मिक आस्था र युवाको खेलप्रतिको लगावलाई सम्मान गर्दै सामग्री वितरण गरेका छन्।

अध्यक्ष साहले ब्रह्मबाबा राम जानकी मठका पुजारी उपेन्द्र साहलाई साउण्ड सिस्टम (साउण्ड सर्भिस) हस्तान्तरण गर्नुका साथै स्थानीय युवाहरूलाई क्रिकेट खेलकुद सामग्री प्रदान गरेका हुन्।

कार्यक्रमका क्रममा अध्यक्ष साहले भन्नुभयो, “समाजको समुचित विकासका लागि धार्मिक क्षेत्रको संरक्षण र युवाहरूको शारीरिक तथा मानसिक विकास दुवै महत्वपूर्ण छन्। सबैको भावना र आवश्यकतालाई ध्यानमा राख्दै यो सामग्री वितरण गरिएको हो।”

स्थानीयवासीहरूले वडा अध्यक्षको यो कदमलाई सकारात्मक पहलका रूपमा लिँदै प्रशंसा गरेका छन्।

यस प्रकारका सहयोगबाट धार्मिक गतिविधि अझ प्रभावशाली हुने र खेलकुदको माध्यमबाट युवाहरू गलत बाटोमा जानबाट जोगिने अपेक्षा गरिएको छ।


 

Leave a Reply

Your email address will not be published. Required fields are marked *