चालु आर्थिक वर्षमा रु ३ करोड १७ लाख १० हजार रकम विद्युत प्राधिकरणलाई मौलापुर नपा द्वारा निकासा
राम प्रवेश बैठा ६ गते असार
रौतहट जिल्ला क्षेत्र नम्बर ३ अन्तर्गत मौलापुर नगरपालिका नगरप्रमुख रीना कुमारीको जनमुखी एवं अत्यन्तै सफल एवं लोकप्रिय कार्यक्रम “फ्री बिजुली फ्री पानी” अन्तर्गत जनताको कृषि मिटर तथा घरायसी प्रयोजनको मिटरको महसुल बापत विद्युत प्राधिकरण, मौलापुर वितरण केन्द्रका प्रमुख राम दिनेश यादव ज्यूलाई नगर प्रमुख रिना कुमारी साहज्यूले आज रु ६० लाख रकम बराबरको चेक हस्तान्तरण गर्नु भयो।
यो सँगै चालु आर्थिक वर्ष २०८१/०८२ मा मौलापुर नगरपालिकाले जनताको विद्युत महसुल बापत हालसम्म रु ३ करोड १७ लाख १० हजार रकम विद्युत प्राधिकरणलाई निकासा गरिएको छ ।
यो रकमले २०८२ साल भदौ मसान्तसम्म जनताको विद्युत महसुल तिर्न पुग्ने अनुमान छ ।
शून्यकर नीति अवलम्बन गरेको मौलापुर नगरपालिकाले कुनै पनि कामको लागि कुनै किसिमको एक रुपैयाँ पनि कर नलिई उल्टै जनताले तिर्नुपर्ने विद्युत महसुल बापतको रकम नगरपालिकाले बेहोर्दै आएको प्रति सारा नेपाल नै आश्चर्यचकित छन्।
“अपन नगर, मौलापुर नगर” एवं नेतृत्वप्रति गर्व गरौं । प्रमुख प्रशासकीय अधिकृत राम बाबु साह
