गरुडा नगरपालिकाको १३औं नगर सभा तथा नवौं बजेट अधिवेशन भव्यताका साथ सम्पन्न
राम प्रवेश बैठा ६ गते असार
रौतहटको गरुडा नगरपालिकाको १३औं नगर सभा तथा नवौं बजेट अधिवेश २०८२ असार ६ गते शुक्रबार भव्य रूपमा सम्पन्न भएको छ ।सोह सभाको अध्यक्षता ग्रहण गर्नुभएको नगर प्रमुख कन्थ मुनी जयसवालले गरेको यस कार्यक्रममा नगर उपप्रमुख पुनम चौधरीज्यूले आर्थिक वर्ष २०८२/०८३ का लागि रु. ६९ करोड २६ लाख १७ हजार ३ सय ६७ को संशोधित बजेट, कार्यक्रम तथा योजनाहरू प्रस्तुत गर्नुभएको थियो, जसलाई नगर सभाबाट सर्वसम्मत रूपमा पारित गरिएको छ ।
शिक्षा, स्वास्थ्य, कृषि, सडक, रोजगारी, लघु उद्यम, पशु सेवा, महिला तथा बालबालिका, अपाङ्गता, दलित, पिछडिएका वर्गका पूर्वाधार विकासलाई प्राथमिकता दिँदै अघि बढ्ने योजनाका साथ बजेट तयार गरिएको हो ।
यस्तै, कृषकहितमा जारी कृषि सहुलियत नीतिलाई यो वर्ष पनि निरन्तरता दिइएको छ ।
कार्यक्रमको उद्घाटन गर्नुभएको प्रमुख अतिथि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री माननीय राजकुमार गुप्ताज्यूलाई नगर प्रमुख ज्यू द्वारा धन्यवाद तथा नेकपा एमालेका जिल्ला इन्चार्ज अजय कुमार गुप्ताज्यूलाई समन्वयको लागि विशेष धन्यवाद दिनुभयो । सोही कार्यक्रममा सहयोग गर्नुहुने सुरक्षाकर्मी महानुभावहरू, उपप्रमुखज्यू, वडा अध्यक्ष तथा सदस्यज्यूहरू, राजनीतिक दलका प्रतिनिधिज्यूहरू, नागरिक समाज, सञ्चारकर्मी मित्रहरू, कर्मचारीज्यूहरू
र आदरणीय नगरवासी सबैप्रति यस अवसरमा म हार्दिक आभार तथा धन्यवाद प्रकट गर्न गर्नु भएको थियो साथै ।
गरुडा नगरको समुन्नत, समावेशी र समृद्ध भविष्य निर्माणको यात्रामा तपाईंहरूको साथ र सहकार्य नै हाम्रो बल हो । भन्दै नगर प्रमुख कन्थ मुनी जयसवाल द्वारा कार्यक्रम सम्पन्न गर्न भएको छ
