गौर नगरपालिका १६ औं नगर अधिवेशन सम्पन्न, ५७ करोड ३३ लाखको बजेट सार्वजनिक

0

,आसार गौर ,राम प्रवेश बैठा

गौर नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि ५७ करोड ३३ लाख २० हजार २१९ रुपैयाँको बजेट सार्वजनिक गरेको छ। नगरपालिकाको १६ औं नगर अधिवेशनमा नगर प्रमुख श्री शम्भु साहले नीति तथा कार्यक्रमसहित बजेट विनियोजन विधेयक प्रस्तुत गर्नुभएको हो।

 

नगर प्रमुख साहका अनुसार चालू खर्च, विकास योजना, पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य, कृषि, तथा सामाजिक सुरक्षालाई प्राथमिकतामा राख्दै बजेट तयार गरिएको छ। नगरपालिकाले समावेशी विकास, सुशासन, तथा नागरिक सेवामा गुणस्तर अभिवृद्धि गर्ने लक्ष्य राखेको छ।

 

अधिवेशनमा प्रस्तुत नीति तथा कार्यक्रममा स्थानीय तहका आवश्यकता र नागरिकको अपेक्षालाई समेट्ने प्रयास गरिएको जनाइएको छ। बजेटको प्रभावकारी कार्यान्वयनका लागि सबै पक्षको सहकार्य आवश्यक रहेको नगर प्रमुख साहले बताउनुभयो।

 

गौर नगरपालिका विगत वर्षहरूमा पनि आधारभूत संरचना, सडक निर्माण, खानेपानी, फोहोर व्यवस्थापन, र सामाजिक क्षेत्रमा उल्लेखनीय काम गर्दै आएको छ। यसपटकको बजेटले ति प्रयासहरूलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।

 

नगर अधिवेशनमा विभिन्न वडाध्यक्ष, जनप्रतिनिधि, कर्मचारी, सरोकारवाला निकाय तथा सर्वसाधारणको समेत उपस्थिति रहेको थियो।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *