प्रधानमन्त्री ओलीको अभिव्यक्तिबाट मुलुक मुटभेड तर्फ उन्मुख हुँदैः आजपा अध्यक्ष प्रभु साह
रौतहट, १२ जेठ । आम जनता पार्टी (आजपा) का राष्ट्रिय अध्यक्ष प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिको कारण मुलुक मुटभेड तर्फ उन्मुख हुँदै गएको बताए ।
प्रधानमन्त्री ओलीले ‘जेठ १५ गते ११ बजे देखी दिउँसो २ बजेसम्म काठमाडौंलाई नेकपा (एमाले) ले नियन्त्रणमा लिनुपर्छ’ भन्ने दिएको अभिव्यक्ति आपतीजनक रहेको तथा त्यसप्रकारको अभिव्यत्तिबाट मुलुकलाई मुटभेड तर्फ उन्मुख गराउन खोजिएका हुन् ।
आजपा अध्यक्ष साहले सोमवार सामाजिक सञ्जाल फेसबुक मार्फत प्रधानमन्त्री ओलीको उक्त अभिव्यक्तिबाट शान्ति सुव्यवस्था खलबलाउने, सदभाव भड्काउने र देशलाई मुठभेडफर्त धकेल्ने गैरजिम्मेवार भएको हुँदा उक्त अभिव्यक्तिलाई फिर्ता लिई आत्मालोचना गर्न सुझाव दिए ।
प्रधानमन्त्री ओलीको उक्त अभिव्यक्ति कानूनी शासनको उपहास मात्र नभई दण्डनिय अपराध भएको आजपा अध्यक्ष साहको ठहर छ । शान्ति सुरक्षा र अमनचयनको जिम्मेवारी लिएका प्रधानमन्त्री ओलीबाटै गैरजिम्मेवार अभिव्यक्ति आउनु भनेको देशलाई मुठभेडतर्फ धकेल्ने काम भएको उनले जनाए ।
‘संविधान र कानुनको रक्षा एवं शान्ति सुरक्षा र अमनचयन कायम गर्ने जिम्मा लिएको प्रधानमन्त्री जस्तो जिम्मेवार व्यक्तिले शान्ति सुव्यवस्थामा खलल पुर्याउने, सद्भाव भडकाउने र देशलाई मुठभेडतर्फ धकेल्ने गैर जिम्मेवार अभिव्यक्ति दिनु कानुनी शासनको उपहास मात्र नभई दण्डनीय अपराध हो,’ आजपा अध्यक्ष साहले आफनो पोष्टमा लेखेका छन् ।
आजपा अध्यक्ष साहले आफ्नो फेशबुक पेजमा लेखेका छन
प्रधानमन्त्री केपी ओलीले जेष्ठ १५ गते काठामाडौंलाई नियन्त्रणमा लिन एमालेलाई दिएको निर्देशन आपतिजनक छ । संविधान र कानुनको रक्षा एवं शान्ति सुरक्षा र अमनचयन कायम गर्ने जिम्मा लिएको प्रधानमन्त्री जस्तो जिम्मेवार व्यक्तिले शान्ति सुव्यवस्था खलबलाउने, सद्भाव भडकाउने र देशलाई मुठभेडतर्फ धकेल्ने गैर जिम्मेवार अभिव्यक्ति दिनु कानुनी शासनको उपहास मात्र नभई दण्डनीय अपराध हो । यसर्थ, प्रधानमन्त्रीलाई यस्तो गलत अभिव्यक्ति तुरुन्त फिर्ता लिई आत्मआलोचित हुन विशेष आग्रह गर्दछु । तराई टप
