२० वर्षीय भिम पसवानको उपचारका लागि सहयोगको अपिल

0
  1. दिपेश कुमार शाह, रौतहट

रौतहट जिल्लाको गरुडा नगरपालिका ५ महम्मदपुरका २० वर्षीय भिम पसवानको छातीमा देखिएको गम्भीर समस्याका कारण तत्काल अपरेशन गर्नुपर्ने भएको छ। तर आर्थिक अभावका कारण उनका अभिभावकहरू उपचार गराउन असमर्थ भएका छन्।

सामाजिक अभियन्ता सलेन्द्र यादव र पत्रकार दिपेश कुमार शाहले भिम पसवानको घर पुगेर उनको अवस्था अवलोकन गरेका थिए। परिवारले स्थानीय निकाय, संघसंस्था तथा सहयोगी मन भएका व्यक्तिहरूसँग आर्थिक सहयोगको अपिल गरेका छन्।

पीडित परिवारका अनुसार, उनीहरूले सहयोगका लागि सम्बन्धित निकायमा आग्रह गरे पनि अहिलेसम्म पर्याप्त सहयोग प्राप्त गर्न सकेका छैनन्। स्थानीय तहका जनप्रतिनिधिहरूले समेत आश्वासन दिए पनि तत्काल आर्थिक सहायता नपाएको गुनासो छ।

भिम पसवानको उपचारका लागि आवश्यक पर्ने रकम संकलन गर्नका लागि विभिन्न माध्यमबाट पहल भइरहेको छ। परिवारका सदस्यहरू तथा सामाजिक अभियन्ताहरूले आर्थिक सहयोग जुटाउन अभियान सञ्चालन गरिरहेका छन्।

सहयोग गर्न इच्छुक व्यक्तिहरूले निम्न विवरणमा सम्पर्क गर्न सक्नुहुन्छ:

भिम पसवानको जीवनरक्षाका लागि तपाईंको सानो सहयोगले ठूलो परिवर्तन ल्याउन सक्छ। सहयोगका लागि सबैलाई हार्दिक अनुरोध छ।

युवाहरूलाई सचेतना: भिम पसवानले विगतमा धेरै धूम्रपान जस्ता पदार्थ सेवन गरिरहेका थिए, जसका कारण उनको स्वास्थ्यमा गम्भीर समस्या उत्पन्न भएको हुनसक्छ। यस घटनाले सबै युवाहरूलाई सचेत रहन प्रेरित गर्नुपर्छ। स्वास्थ्यलाई प्राथमिकता दिँदै यस्ता हानिकारक पदार्थहरूको सेवनबाट टाढा रहनु अत्यन्त जरुरी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *