रौतहट–३ मा ‘बदलावको यात्रा’ तीव्र : जमुनिया र कनकपुरमा प्रभु साहको घरदैलो, गाउँगाउँमा भव्य स्वागत
filter: 104; fileterIntensity: 0.79; filterMask: 0; captureOrientation: 0; runfunc: 0; algolist: 0; multi-frame: 1; brp_mask:8; brp_del_th:0.0000,0.0000; brp_del_sen:0.0000,0.0000; motionR: 65537; delta:1; bokeh:1; module: photo;hw-remosaic: false;touch: (-1.0, -1.0);sceneMode: 4194304;cct_value: 0;AI_Scene: (-1, -1);aec_lux: 260.20508;aec_lux_index: 0;albedo: ;confidence: ;motionLevel: 65537;weatherinfo: weather?null, icon:null, weatherInfo:100;temperature: 35;zeissColor: bright;
माघ २४ गते राम प्रवेश बैठा
रौतहट । नेपालमा परिवर्तन र विकासको अभियानलाई केन्द्रमा राख्दै आम जनता पार्टी (आजपा) ले रौतहट जिल्लाको क्षेत्र नम्बर–३ मा चुनावी प्रचारलाई तीव्र बनाएको छ ।
कटहरिया नगरपालिकाको जमुनिया तथा गुजारा नगरपालिकाको कनकपुर क्षेत्रमा आजपा अध्यक्ष एवं पूर्व मन्त्री प्रभु साहको नेतृत्वमा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवारको पक्षमा घरदैलो कार्यक्रम, आम जनता संग अन्तरक्रिया तथा घर–घर भेटघाट कार्यक्रम तीव्र गतिमा अघि बढिरहेको छ ।
कार्यक्रमका क्रममा स्थानीय जनताले उत्साहपूर्वक सहभागिता जनाउँदै ठाउँ–ठाउँमा भव्य स्वागत गरेका छन् ।
घरदैलो क्रममा प्रभु साहले विगतमा रौतहटको विकासका लागि भएका पहल तथा आगामी दिनमा सडक, शिक्षा, स्वास्थ्य, सिंचाइ, रोजगारी र किसानका समस्या समाधानलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
स्थानीयवासीका अनुसार यसपटक क्षेत्र नम्बर–३ मा परिवर्तनको अपेक्षा बढ्दै गएको छ भने आजपाको चुनावी अभियानले गाउँगाउँमा नयाँ ऊर्जा थपेको छ ।
कार्यक्रममा पार्टीका स्थानीय नेता, कार्यकर्ता, युवा, महिला तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो ।
