बौधिमाई नगरपालिकामा एच.पि.भी. खोप अभियानबारे पालिका स्तरीय अभिमुखिकरण तथा अन्तरक्रिया सम्पन्न
filter: 104; fileterIntensity: 0.79; filterMask: 0; captureOrientation: 0; runfunc: 0; algolist: 0; multi-frame: 1; brp_mask:8; brp_del_th:0.0000,0.0000; brp_del_sen:0.0000,0.0000; motionR: 65536; delta:1; bokeh:1; module: photo;hw-remosaic: false;touch: (-1.0, -1.0);sceneMode: 4194304;cct_value: 0;AI_Scene: (12, 0);aec_lux: 269.80505;aec_lux_index: 0;albedo: ;confidence: ;motionLevel: -1;weatherinfo: weather?null, icon:null, weatherInfo:100;temperature: 28;zeissColor: bright;
माघ २३ गते राम प्रवेश बैठा
रौतहटको बौधिमाई नगरपालिकाको स्वास्थ्य शाखाद्वारा आयोजित खोप सम्बन्धी पालिका स्तरीय सरोकारवालाहरुसँग अभिमुखिकरण बैठक सम्पन्न भएको छ।
बैठकको सञ्चालन गर्दै नगर स्वास्थ्य प्रमुख ताकेश्वर पटेलले जानकारी दिनुभयो कि एच.पि.भी. (HPV) खोप अभियान अन्तर्गत आज बौधिमाई नगरपालिकाको सभाहलमा वडा नं. १ देखि ९ सम्मका सम्पूर्ण वडाका समुदाय विद्यालयका कक्षा ६ देखि १० सम्म अध्ययनरत बालिकाहरूलाई लक्षित गर्दै जनचेतनामूलक सन्देश प्रवाह गरिएको छ।
उहाँका अनुसार अभियानलाई प्रभावकारी बनाउन नगरभरि सञ्चालित सम्पूर्ण विद्यालयका प्रधानाध्यापकहरूसँग अन्तरक्रिया कार्यक्रम समेत सम्पन्न गरिएको हो।
कार्यक्रममा रोग नियन्त्रण, खोपको महत्व, सुरक्षित स्वास्थ्य तथा विद्यालय तहमा गर्नुपर्ने तयारी सम्बन्धी विषयमा छलफल गरिएको बताइएको छ।
