रौतहटमा हात्तीपाइले रोग विरुद्ध आम औषधि सेवन अभियान सुरु, सञ्चारकर्मीहरूसँग अन्तरक्रिया सम्पन्न
filter: null; fileterIntensity: null; filterMask: null; captureOrientation: 0; algolist: 0; multi-frame: 1; brp_mask:0; brp_del_th:null; brp_del_sen:null; motionR: 0; delta:null; module: video;hw-remosaic: false;touch: (-1.0, -1.0);sceneMode: null;cct_value: 0;AI_Scene: (-1, -1);aec_lux: 227.53656;aec_lux_index: 0;albedo: ;confidence: ;motionLevel: -1;weatherinfo: weather?null, icon:null, weatherInfo:100;temperature: 34;zeissColor: bright;
रौतहट, माघ १३ गते राम प्रवेश बैठा
रौतहट जिल्लाभरी हात्तीपाइले (लिम्फेटिक फिलारियासिस) रोग उन्मूलनका लागि सञ्चालन हुने आम औषधि सेवन अभियानलाई प्रभावकारी बनाउन जिल्ला स्वास्थ्य कार्यालय रौतहटले सञ्चारकर्मीहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय प्रमुख राजेश सिंहले अभियानको महत्व, लक्ष्य र सञ्चार माध्यमको भूमिकाबारे प्रकाश पारे।

सिंहका अनुसार अभियान अन्तर्गत निर्धारित उमेर समूहका सबै नागरिकलाई निःशुल्क औषधि वितरण गरिनेछ। गर्भवती महिला, एक वर्षभन्दा कम उमेरका बालबालिका तथा गम्भीर बिरामीहरू बाहेक सबैले औषधि सेवन गर्नुपर्ने उनले जानकारी दिए। साथै औषधि सेवन गर्दा देखिन सक्ने सामान्य साइड इफेक्टबारे स्वास्थ्यकर्मीमार्फत आवश्यक परामर्श उपलब्ध गराइने पनि उनले बताए।
कार्यक्रममा सहभागी सञ्चारकर्मीहरूले अभियान सफल बनाउन जनचेतना फैलाउने प्रतिबद्धता व्यक्त गरेका थिए। स्वास्थ्य
