गंजभावानीपुरमा अति बिपन्न परिवारका सदस्यहरु लाई न्यानो कपडा कम्बल बितरण
राजन चौधरी
पुष १ गते
बाराको महागढीमाई नगरपालिका वार्डा नम्बर १० मा रहेको गंजभवानीपुरमा आज नेपाल प्रहरी श्रीमती संघ नेपालको आयोजनामा अति बिपन्न परिवारका सदस्यहरु लाई न्यानो कपडा कम्बल बितरण तथा हस्तातन्ण कार्यक्रम गरियो छ। स्थानिय समाज सेबी रामनाराण प्रसाद साहको अध्यक्षतामा सम्पन भएको छ। सो कार्यक्रमको प्रमुख अतिथी नेपाल प्रहरी श्रीमती संघ नेपाल को अध्यक्ष नविना खत्री कार्कीले प्रमुख अतिथीको रुपमा पान समा दिप प्रज्जोलित गरी कार्यक्रमको उदघाटन गर्नु भएको थियो I उक्त कार्यक्रममा वडा नम्बर ३. ४. ५. र १०. अति बिपन्न परिवारको सदस्यहरु करीब २०० जना स्धानिहरुलाई न्यानो कपडा कम्बल बितरण गरिएको थियो I सो न्यायो कपडा बितरणमा कार्यक्रममा आई. जि.पी .दानबहादु कार्की जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरिक्षक नरेन्द्र कुवर मधेश प्रदेश प्रहरी कार्यालय डि .आई जी गोबिन्द थपलिया महागढीमाई नगरपालिकाको नगर प्रमुख उपेन्द्र प्रसाद यादव नगर उपप्रमुख तारा देबी कानु वार्डा नम्बर १ को वार्डा अध्यक्ष मनोज गुप्ता वार्डा नम्बर ३ को वार्डा अध्यक्ष उपेन्द्र प्रसाद जयसवाल वार्डा नम्बर ४ को वार्डा अध्यक्ष मनोज कुमार जयसवाल वार्डा नम्बर ५ को वार्डा अध्यक्ष एवम् स्धानिय सकार प्रवक्ता गजेन्द्र कुमार जयसवाल नेशनल प्याब्सन बाराको अध्यक्ष प्रभुलाल कुशवाहा स्थानिय समाजसेवी अरुण कुमार ज्ञवाली लगायत स्थानिय समाजसेवीहरु राजनितिक दल का प्रतिनिधी बुद्धिजीहरु सुरक्षा निकायको प्रतिनिधीहरु संञ्चारकर्मीहरुको राजन चौधरी पत्रकार र दिपेन्द्र जयसवाल बिशेष उपस्तिती रहेको थियो भने कार्यक्रमको संञ्चालन ईलाका प्रहरी कार्यालय कोल्हबीको प्रहरी निरिक्षक रंञ्जन मिश्रले गर्नु भएको थियो I
