थारू समुदायले बाराको करैयामाईमा तीन दिन माघी महाँ उत्सब मनाउने

0

राजन चौधरी
पुष २८ गते
बाराको करैया मा थारू समुदायले पुष ३० गते देखि माघ २ गते सम्म बाराको करैयामाईमा थारु राष्ट्रिय माघी महाँ उत्सब २०८२’ मनाउने भएको छ ।
करैयामाई मा गाँउपालिका वार्डा नम्बर २ मा रहेको करैया गाँउ स्थित ईमली परर्ती फिल्डमा पत्रकार सम्मेलनको आयोजना गर्दै तिन दिन माघी महाँ उत्सब  मनाउन लागिएको थारू राष्ट्रिय माघी महाँ उत्सब मूल आयोजक समितिका संयोजक एवं थारू कल्याण कारिणीसभाका बाराको अध्यक्ष रामप्रसाद चौधरीले जानकारी दिए ।
उनले महाँ उत्सब मूल समारोहको उद्घाटन थारू कल्याण कारिणीसभाका केन्द्रिय उपाध्यक्ष हरिनारायण चौधरीले गर्ने पनि जानकारी दिए ।
महाँ उत्सबले थारू संस्कृतिको संरक्षण एवं प्रवर्द्धन गर्दै आन्तरिक एवं बाह्य पर्यटकलाई महाँ उत्सबमा सहभागि गराई मुलुकको अर्थतन्त्रमा विकास गर्नमा सहयोग पुर्याउने लक्ष्य राखेको समेत उनको भनाइ छ ।
उनका अनुसार झाँकी र्याली प्रदर्शन, मूल समुद्घाटन समारोह, विविध थारु सांस्कृकित प्रश्तुती, थारु खानपिन प्रदर्शनी एवं विक्री, सीप हस्तकला, पुस्तक प्रदर्शनी एवं विक्री महाँ उत्सबका मुख्य आकर्षण रहेका छन्
महाँ उत्सबमा थारू सांस्कृतिक नृत्य तथा गीत (मघौटा, सखिया, हुर्दगंवा, झुम्रा, छोक्रा, दिन्नचुवा, रागनी, बडोनाच, होरी, झर्रा, लठ्हवा, मुग्रंहवा नाच) सहित दुई दर्जन भन्दा धेरै सुन्दर नृत्य तथा गीतको प्रस्तुती रहने उनले बताए ।
महाँ उत्सबमा थारू जातिले माघीपर्वमा खाने बिशेष खाना परिकार (ढिक्री, अन्डिक भात, बिचरी, तिलको लड्डु, लाइमुरी, भुजा, बन्डी जाँडको झोल, दारू, केराको तरूवा, सखरखण्ड, खरिया, सुँगुर र बङ्गुरको मासु, परेवाको मासु, माछा, घोघी, गङ्गटो, सिधरा, मसुलार) समेत रहनेछन् ।
थारु समूदायले माघिलाई नयाँ वर्षको रुपमा मनाउँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *