मल खादको समस्या समाधानका लागि आजपाको पहल, महासचिव त्रिभुवन साहको अकवनवा टोलमा किसानसँग भेटघाट

0

बौधीमाई, साउन २८ गते

रौतहटको बौधीमाई नगरपालिकाको अकवनवा टोलमा मल खादको चरम अभावका बीच आज आम जनता पार्टी (आजपा) का महासचिव त्रिभुवन साहले किसानसँग विशेष भेटघाट गर्नुभएको छ।

भेटघाटको क्रममा किसानहरुले मल खाद नपाएर खेतीमा गम्भीर असर परिरहेको गुनासो गरे। उनीहरुले खाद आपूर्ति सुनिश्चित गर्न दबाव दिनुपर्ने आवश्यकता औंल्याउँदै यस विषयमा संघर्ष गर्न तयार रहेको प्रतिबद्धता जनाए।

महासचिव साहले सरकारले किसानको हितमा चाँडोभन्दा चाँडो मल खाद उपलब्ध गराउनु पर्नेमा जोड दिनुभयो। साथै, आजपा सधैं किसानको पक्षमा उभिने र किसानको आवाज बुलन्द बनाउने दृढता व्यक्त गर्नुभयो।

“किसान राष्ट्रको मेरुदण्ड हुन्। उनीहरुको समस्या समाधान नगरी देशको समृद्धि सम्भव छैन। खाद आपूर्ति सहज बनाउन आजपाले आवश्यक दबाव सिर्जना गर्नेछ,” महासचिव साहले भन्नुभयो।

कार्यक्रममा स्थानीय किसान, आजपाका प्रतिनिधिहरू र टोलबासीको सक्रिय उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *