मदन भण्डारी फाउन्डेसन अब कसरी जान्छ हेर्नुपर्ने अवस्था बनेको छ : ओली

0

 

काठमाडौं ।

प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मदन भण्डारी फाउन्डेसन पार्टीको तर्फबाट नभएर आफैँ जन्मिएको बताएका छन् । सोमबार मदन–आश्रित स्मृति प्रतिष्ठानको कार्यक्रममा उनले पार्टी र आन्दोलनप्रति निष्ठाका साथ जन्मिएको बताए ।

“मदन भण्डारी फाउन्डेसन पार्टीले बनाएको होइन । त्यो आफैँ बनाएको हो । अर्को ढंगले । जतिबेला मदन आश्रित दिवस मनाउन नपाइने स्थिति बन्यो,” ओलीले भने, “त्यतिबेला श्रद्धाञ्जलीसभा मनाउन नपाइने स्थिति बन्यो । जन्मदिन मनाउन नपाइने स्थिति बन्यो । पर्सी जन्मदिन छ भने आज विभिन्न विकृतिपूर्ण लेख नेतृत्वबाट लेखिने र प्रकाशित भए ।”

त्यसपछि संस्था बनाउनुपर्‍यो भनेर आन्दोलनप्रति निष्ठावान मदन स्मृति प्रतिष्ठान जन्मिएको बताए । “मदन भण्डारीका विचारसँग असहमत रहेर पाखण्डी व्यवहार देखाउनेहरूको समूहमा नगएको मात्रै हो । त्यो पार्टीको पक्षमा, आन्दोलनको पक्षमा,” ओलीले भने ।

उनले अब भने मदन भण्डारी फाउन्डेसन कसरी जान्छ भन्ने हेर्नुपर्ने भएको बताए । “अब त्यसको आगामी दिनमा के हुन्छ हेर्नुपर्ने अवस्था बनेको छ । आगामी दिनमा कसरी जान्छ भन्ने कुरा हेर्नुपर्ने अवस्था चाहिँ बनेको छ । त्यसका पदाधिकारीका अभिव्यक्ति आदि कुरा । चक्रपथ भन्ने अनलाइनको प्रस्तुतिलगायत हेर्दा कसरी जाने हो त्यो अन्योल छ,” ओलीले भने ।

पुष्पलाल, मनमोहन प्रतिष्ठान पार्टीले नै बनाएको बताए । “पार्टीले नै पुष्पलाल प्रतिष्ठान स्थापना गर्यौंं । पार्टीले नै पहिले पहिले प्रधानमन्त्री भएपछि भ्याउँदैन भनेर अर्कोमा चेन्ज गर्ने पछि छँदैथियो । केही व्यक्तिहरुरूले पद छोड्दै नछोडेर त्यहाँ काम गर्नेलाई आफ्ना समर्थकका रूपमा बुझ्ने र बहुमत राखेर त्यो नियन्त्रण गर्ने,” ओलीले भने ।

उनले पहिला पार्टीले बनाएको प्रतिष्ठान व्यक्तिको हुने गरेको समेत सुनाए । “कतिपय पार्टीले गर्छ । पछि व्यक्तिका हुन्छन् । त्यो हुनुहुँदैन । हाम्रा संस्था सामूहिक हुनुपर्छ,” उनले भने । उनले फाउन्डेसन पार्टीको अहितमा प्रयोग गर्न नहुने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *