रक्षाबन्धनको अवसरमा मौलापुर बजारमा मेला, समिति गठन तथा ठेक्का प्रक्रिया सम्पन्न

0

filter: 0; jpegRotation: 0; fileterIntensity: 0.000000; filterMask: 0; module:1facing:0; hw-remosaic: 0; touch: (-1.0, -1.0); modeInfo: ; sceneMode: Auto; cct_value: 0; AI_Scene: (-1, -1); aec_lux: 89.0; hist255: 0.0; hist252~255: 0.0; hist0~15: 0.0;

नितेश कुमार रजक

असार १३ गते

रौतहटको मौलापुर नगरपालिका अन्तर्गत मौलापुर बजारमा आउने श्रावण २४ र २५ गते रक्षाबन्धनको पावन अवसरमा भव्य मेलाको आयोजना गरिने भएको छ। यसका लागि एक ११ सदस्यीय मेला समिति सर्वसम्मतिले गठन गरिएको छ।

समितिको नेतृत्व अध्यक्ष गणेश पटेलले गर्ने छन् भने उपाध्यक्षमा शिवचन्द्र साह, कोषाध्यक्षमा रितिक पटेल, सचिवमा खहेरु रामसहसचिवमा रबिन्द्र पटेल चयन भएका छन्। साथै राजेश साह, बृजकिशोर पटेल, राम प्रवेश पटेल, मंजित साह, सनि पटेल र सनि ठाकुर समेत समिति सदस्यमा रहेका छन्।

समितिले मेलाको व्यवस्थापन तथा सञ्चालनका लागि डाक बढाबढ प्रक्रियामार्फत रु २ लाख ३० हजारमा मेलाको जिम्मेवारी गान्धी पटेललाई दिने निर्णय गरेको छ।

मेलामा विविध सांस्कृतिक कार्यक्रम, खेलकुद, मनोरञ्जनात्मक स्टल र परम्परागत झाँकीहरु समेत समावेश गरिने आयोजक पक्षले जानकारी दिएको छ। यस मेलाले स्थानीय व्यापार, पर्यटन र सामाजिक सद्भावमा टेवा पुर्‍याउने विश्वास लिइएको छ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *