उखुको अनुदानलाई निरन्तरता दिन कांग्रेस सर्लाहीको माग
सर्लाही असार १४ गते
सर्लाहीका नेपाली कांग्रेसका नेता एवम जिल्ला सभापति सुरेन्द्र प्रसाद सिंहको नेतृत्वमा संघीय कृषि मन्त्री रामनाथ अधिकारीलाई ध्यान आकर्षण गराएका हुन।नेपाली कांग्रेस सर्लाहीले उखु किसानलाई दिइँदै आएको अनुदानलाई निःशर्त निरन्तरता दिन माग गरेको छ ।अधिकारीलाई भेटेर ज्ञापन पत्र बुझाउँदै उखुको अनुदान कुनै पनि हालतमा कटौति गर्न नहुने माग राखेका हुन् ।
आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा किसानले पाउँदै आएको अनुदान रकम कटौति गरिएकोप्रति कांग्रेस सर्लाहीले आपत्ति जनाउँदै यसबाट किसानको जीवनयापनमै असर पर्ने भन्दै मन्त्री अधिकारीको ध्यानाकर्षण समेत गराएको छ । कृषि मन्त्री अधिकारीसँग विगत वर्षको अनुदान रकम तत्काल किसानको खातामा पठाइदिन र यो वर्षका लागि उखुको समर्थन मुल्य समयमै निर्धारण गरिदिन माग गरिएको
नेपाली कांग्रेस मधेश प्रदेशका प्रचार प्रसार विभागका सचिव निकेश त्रिपाठीले बताए ।मन्त्री अधिकारीले गत वर्षको अनुदान रकम १ अर्ब ३९ करोडमध्ये एक हप्ताभित्र ८० करोड रकम किसानको खाता पुग्ने र बाँकी रकम पनि जतिसक्दो चाँडो निकासा गर्ने प्रतिवद्धता व्यक्त गरेका त्रिपाठीले बताए ।
