एसइईको नतिजा आजै साँझ ७ बजे सम्म प्रकाशन हुने
रौतहट,असार १३, २०८२ शुक्रबार
। राष्ट्रिय परीक्षा बोर्डले आज माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा प्रकाशन गर्ने तयारी गरेको छ ।
नतिजा प्रकाशनको निर्णय गर्नका लागि राष्ट्रिय परीक्षा बोर्डको बैठक आज बस्ने तयारी गरिएको राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव जङ्गबहादुर अर्यालले जानकारी दिए ।
अर्यालका अनुसार बैठक आज बस्ने भए पनि समय भने निर्धारण भएको छैन । स्रोतका अनुसार आज अपराह्न ५ बजे बैठक बसेर आजै नतिजा सार्वजनिक गर्ने बोर्डको तयारी छ ।
यस वर्षको एसइई परीक्षा चैत ७ गतेदेखि सञ्चालन भएको थियो । परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ गरी कुल ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए ।
