गरुडा नगरपालिका–४ मा करिब २ करोडको लागतमा कोल्ड स्टोर भवनको शिलान्यास
{"remix_data":[],"remix_entry_point":"challenges","source_tags":["local"],"origin":"unknown","total_draw_time":0,"total_draw_actions":0,"layers_used":0,"brushes_used":0,"photos_added":0,"total_editor_actions":{},"tools_used":{"cutout_group":1},"is_sticker":true,"last_sticker_id":"02d81b2f-bd95-4304-b91c-f4a528c57b5b","edited_since_last_sticker_save":false,"containsFTESticker":false}
राम प्रवेश बैठा
गरुडा, रौतहट ११ गते गरुडा नगरपालिका–४ मा करिब २ करोड रुपैयाँको लागतमा निर्माण हुन लागेको कोल्ड स्टोर भवनको नगर प्रमुख कन्थ मुनी जयसवाल द्वारा शिलान्यास गरिएको छ। शिलान्यास कार्यक्रममा बोल्दै नगरप्रमुखले यस महत्त्वपूर्ण परियोजनामा सहभागी हुन पाउँदा गर्वको अनुभूति भएको बताए।
कृषक तथा स्थानीय व्यवसायीहरूको उत्पादन भण्डारणमा सहजता ल्याउने उद्देश्यले कोल्ड स्टोरको निर्माण कार्य अघि बढाइएको हो। नगरप्रमुखका अनुसार, “यहाँका कृषक दाजुभाइ तथा व्यवसायी साथीहरूको उत्पादन भण्डारण गर्न सहज होस् भन्ने हाम्रो मुख्य उद्देश्य हो।”
गरुडा नगरपालिका पछिल्लो समय कृषि, व्यापार र पूर्वाधार विकासका क्षेत्रमा निरन्तर प्रगति गर्दै आएको छ। नगरप्रमुखले स्थानीयवासीको साथ, सहयोग र विश्वासलाई प्रेरणाको स्रोत भएको उल्लेख गर्दै भने, “हामी सबैको समन्वय र सहभागिताले अझ समृद्ध, व्यवस्थित र आत्मनिर्भर गरुडा निर्माण गर्न सकिन्छ भन्ने दृढ विश्वास लिएको छु।”
यस कोल्ड स्टोर भवनको निर्माण सम्पन्न भएपछि कृषकहरूले आफ्नो बाली लामो समयसम्म सुरक्षित राख्न सक्ने र बजारमा उचित मूल्यमा बिक्री गर्न सक्ने अपेक्षा गरिएको छ। यसले स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ।
