मौलापुरमा लेखा पढी कानुन व्यवसायी एसोसिएसनको नयाँ कार्यसमिति गठन
{"remix_data":[],"remix_entry_point":"challenges","source_tags":["local"],"origin":"unknown","total_draw_time":0,"total_draw_actions":0,"layers_used":0,"brushes_used":0,"photos_added":0,"total_editor_actions":{},"tools_used":{},"is_sticker":false,"edited_since_last_sticker_save":false,"containsFTESticker":false}
असार ११ गते राम प्रवेश बैठा
मौलापुर, रौतहट मौलापुर नगरपालिका स्थित मौलापुर मालपोत कार्यालयमा अन्तर्गत “लेखा पढी कानुन व्यवसायी एसोसिएसन” इकाई समिति मौलापुरको नयाँ नेतृत्व चयन पारस नाथ प्रसादको अध्यक्षतामा सम्पन्न भेलाले सर्वसम्मत बाट ११ सदस्यीय तपसिल बमोजिमको कार्यसमिति चयन गरेको हो।
अध्यक्षमा श्री बालदेव राय यादव उपाध्यक्षमा लखिन्द्र प्रसाद कुशवाहा, कोषाध्यक्षमा रामाआदेश राय यादव, सचिवमा जय चन्द्र साह तेली, सह–सचिवमा रन्जित साह, र सह–कोषाध्यक्षमा मुकेश प्रसाद श्रीवास्तव सदस्यहरुमा राजेश राय यादव, अवध नारायण राम, सुखल पण्डित, श्याम सुन्दर प्रसाद शाह, र दिलीप कुमार जयसवाल रहेका छन्।
नवगठित कार्यसमितिले व्यवसायीहरुको हकहितका लागि क्रियाशील भूमिका निर्वाह गर्ने प्रतिवद्धता जनाएको छ। कार्यक्रममा स्थानीय कानुन व्यवसायीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो।
