सरकारको ‘कर आतंक’ विरुद्ध संघर्ष गर्ने संकल्पसहित आम जनता पार्टीको विस्तारित बैठक काठमाडौं जिल्लास्तरीय सम्पन्न

0

राम प्रवेश बैठा

काठमाडौं, असार ११ सरकारको ‘कर आतंक’ विरुद्ध निर्णायक संघर्ष गर्ने संकल्पसहित आम जनता पार्टीको काठमाडौं जिल्ला पदाधिकारीहरूको विस्तारित बैठक आज काठमाडौंमा सम्पन्न भएको छ। बैठकको आजपा संगठन बिभाग प्रमुख त्रिभुवन साहको उपस्थिति रहेका थिए।

बैठकले संगठन निर्माण तथा विस्तारको कार्यलाई थप तीव्रता दिने निर्णय गर्दै, जनस्तरमा व्यापक सहभागिता सुनिश्चित गर्दै पार्टीको सशक्त उपस्थिति कायम गर्ने रणनीति अघि सारेको छ।

बैठकमा हालसालै सरकारले लादेको अव्यवहारिक कर प्रणालीलाई ‘कर आतंक’ को संज्ञा दिँदै, त्यसविरुद्ध शान्तिपूर्ण तर प्रभावकारी आन्दोलन गर्ने प्रतिबद्धता जनाइएको थियो। महासचिव साहले सरकारले जनतालाई बोझ थोपर्ने नीतिहरू परिमार्जन नगरे स्थायी जनदबाब सिर्जना गर्नुपर्ने आवश्यकता औंल्याए।

त्यसैगरी, सुकुम्बासी समुदायको जीवनस्तर सुधारका लागि आम जनता पार्टीले सुरु गरेको खानेपानी अभियानलाई अझ प्रभावकारी बनाउँदै, आगामी दिनमा उक्त संघर्षमा अझ व्यापक जनसहभागिता सुनिश्चित गरिने निर्णय पनि बैठकले गरेको छ।

बैठकमा विभिन्न वडा तथा स्थानीय तहका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। पार्टीका अनुसार आगामी दिनमा देशभर व्यापक जनजागरण अभियान सञ्चालन गरिनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *