देवाही गोनाही–४ मा सडक ढलान तथा ग्रेबल कार्यको शिलान्यास सम्पन्न

0

रौतहट, असार १५ गते राम प्रवेश बैठा

रौतहटको देवाही गोनाही नगरपालिका वडा नम्बर ४ मा सडक ढलान तथा ग्रेबल कार्यको औपचारिक शिलान्यास सम्पन्न भएको छ। नेकपा एमाले रौतहट जिल्ला कमिटीका उपाध्यक्ष रुपेश पटेलको विशेष पहलमा आयोजना गरिएको यस कार्यको लागत मधेस प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालयमार्फत ३२ लाख रुपैयाँ रहेको छ।

आईतवार सम्पन्न शिलान्यास कार्यक्रममा नेकपा एमालेका उपाध्यक्ष रुपेश पटेल देवाही गोनाही नगरपालिकाकी उपप्रमुख परनिया देवी पटेल, देवाही गोनाही नगरपालिका वडा नम्बर ८ का वाडा अध्यक्ष बिजय पटेल यूवा नेता कपटान पटेल र समाजसेबी नेता भरत पटेल तथा पूर्व गा.वि.स. अध्यक्ष धर्मेन्द्र पटेल तथा बिभिन् नेता कार्यकर्ता र भद्रभलादमीहरुको उपस्थितीमा संयुक्त रूपमा शिलान्यास गर्नुभयो।

उपाध्यक्ष पटेलले यस आयोजनाबाट स्थानीयवासीलाई आवागमनमा सहजता हुने र क्षेत्रको समग्र पूर्वाधार विकासमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो। कार्यक्रमका सहभागीहरूले सडक सुधारसंगै नगरपालिकाको विकासप्रति सकारात्मक प्रभाव पर्ने बताए।

स्थानीय बासिन्दाले पनि यो आयोजनालाई स्वागत गर्दै, विगत लामो समयदेखिको माग पूरा भएको भन्दै हर्ष व्यक्त गरेका छन्। आयोजनाले निकट भविष्यमै निर्माण सम्पन्न हुने र गुणस्तरीय काम हुने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *