रौतहटको कटहरियामा राष्ट्रिय धान दिवस उत्साहका साथ मनाइयो नेकपा एमाले

0

राम प्रवेश बैठा

कटहरिया (रौतहट), असार १५ गते

“सम्पूर्ण किसान एकजुट हौं” भन्ने नाराका साथ “बालीमा सघनता, खाद्य सुरक्षा र आत्मनिर्भरता” मूल नारासहित आज आइतबार रौतहटको कटहरिया नगरपालिका वडा नम्बर २, जमुनियामा राष्ट्रिय धान दिवस विशेष कार्यक्रमका साथ मनाइएको छ।

धान रोपाइँ तथा शुभकामना कार्यक्रम अखिल नेपाल किसान महासंघ जिल्ला कमिटी रौतहटको आयोजनामा सम्पन्न भएको हो। कार्यक्रममा महासंघका अध्यक्ष किशोरी कुशवाहा, नेकपा एमालेका केन्द्रीय सदस्य उद्धव रेग्मी, केन्द्रीय सदस्य तथा पूर्व प्रदेश सांसद कुन्दन कुशवाहा, पूर्व प्रदेश मन्त्री केशव चौधरी लगायत पार्टीका विभिन्न नेता तथा कार्यकर्ताहरूको सक्रिय सहभागिता रहेको थियो।

धान दिवसको अवसरमा सहभागीहरूले खेतमा धान रोपाइँ गर्दै कृषकको महत्व, कृषि आत्मनिर्भरता तथा खाद्य सुरक्षाको सवालमा ऐक्यबद्धता जनाए। कार्यक्रममा बोल्दै नेताहरूले कृषिमा आधुनिकता, सघनता र युवाको संलग्नता आवश्यक रहेको उल्लेख गर्दै, राज्यले किसानको हितमा स्पष्ट नीति तथा कार्यक्रम अघि सार्नुपर्ने मागसमेत राखे।

कार्यक्रममा स्थानीय किसानहरूको उल्लेखनीय सहभागिता रहेको थियो भने परम्परागत सांस्कृतिक शैलीमा रोपाइँ गर्दै राष्ट्रिय उत्पादन वृद्धिको अपेक्षा पनि व्यक्त गरिएको थियो।

धान दिवसको यो कार्यक्रम कृषि क्षेत्रको समृद्धिमा सकारात्मक सन्देश दिने उद्देश्यले आयोजना गरिएको आयोजकले जनाएका छन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *