मौलापुरमा छुरा प्रहार: राम बहादुर राय यादव गम्भीर घाइते, अभियुक्त सुजित राय पक्राउ

0

रौतहट, मौलापुर १२ गते 

रौतहटको मौलापुर नगरपालिका वडा नं. १ मर्यादपुरमा आज बिहान करिब ६ बजे एक गम्भीर घटना घटेको छ। मर्यादपुर निवासी मोहन राय यादवका करिब ३० वर्षीय छोरा राम बहादुर राय यादवलाई छुरा प्रहार गरी गम्भीर घाइते बनाइएको हो।

प्रहरीका अनुसार राम बहादुरमाथि फतुवा बिजयपुर नगरपालिका वडा नं. २ सितलपुर निवासी रुदल राय यादव को अन्दाजी ३० वर्षीय छोरा सुजित राय यादवले छुरा प्रहार गरेका हुन्। घटनास्थल मर्यादपुर चौकमा कामको सिलसिलामा दुवैबीच सामान्य भनाभन भएको र त्यसकै क्रममा सुजित रायले राम बहादुरमाथि छुरा प्रहार गरेका थिए।

घाइते राम बहादुरलाई तत्काल उपचारका लागि अस्पताल लगिएको छ र अवस्था गम्भीर रहेको जनाइएको छ।

छुरा प्रहार गर्ने सुजित राय यादवलाई तत्कालै मौलापुर प्रहरीले नियन्त्रणमा लिएको छ र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

स्थानीय बासिन्दाले यस घटनाले समुदायमा त्रास फैलाएको बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *