मौलापुर नगरपालिका भिजिटमा हरिवन नगरप्रमुख रमेश कुमार बुढाथोकी: “मौलापुरको विकासीय मोडेल अनुकरणीय छ” मौलापुर,

0

राम प्रवेश बैठा

मौलापुर,रौतहट १२ गते

आज रौतहटको मौलापुर नगरपालिकामा हरिवन नगरपालिकाका नगरप्रमुख रमेश कुमार बुढाथोकीको एक टोलीसहित लाई भव्य स्वागत गरिएको छ। मौलापुर नगरपालिकाकी नगरप्रमुख रीना कुमारी साहको आतिथ्यतामा वडाध्यक्ष टम बहादुर घिसिङलगायत पाँच सदस्यीय प्रतिनिधिमण्डललाई नगरप्रवेशको अवसरमा फूलमाला र खादा ओढाएर सम्मान गरियो।

उक्त अवलोकन भ्रमणको उद्देश्य मौलापुरमा सञ्चालित जनमुखी कार्यक्रम र विकास योजनाको अध्ययन गर्नु रहेको थियो। नगरप्रमुख साह, उपमेयर नगेन्द्र यादव तथा प्रमुख प्रशासकीय अधिकृत राम बाबु साहको अगुवाइमा स्वास्थ्य, शिक्षा, खानेपानी, बिजुली तथा सामाजिक सुरक्षाका क्षेत्रमा भएका उल्लेखनीय कामहरू प्रस्तुत गरिए।

विशेषगरी ‘छोरीको साथ मेयर’ कार्यक्रमअन्तर्गत हरेक छोरीको विवाह खर्चका लागि नगरपालिकाबाट ३० हजार रुपैयाँ नगद उपलब्ध गराउने योजना, फ्री पानी वितरण, विद्यालय स्तरीय सुधार, निःशुल्क स्वास्थ्य सेवा, र हरेक वडामा विद्युत पहुँचका विषयमा विस्तृत जानकारी दिइयो।

नगरप्रमुख रमेश कुमार बुढाथोकीले मौलापुरको योजनाबद्ध विकास, पारदर्शिता र सामाजिक उत्तरदायित्वप्रति प्रशंसा जनाउँदै हरिवन नगरपालिकाले पनि यस्ता योजनाहरूबाट सिकेर आफ्नै नगरमा लागू गर्ने बताउनुभयो। उहाँले भन्नुभयो, “मौलापुर नगरपालिकाको विकासीय मोडेल अनुकरणीय छ। यस्ता कार्यहरूले नागरिकको जीवनस्तर सुधार्न ठूलो टेवा पुर्‍याउँछ।”

उक्त भ्रमणले दुई नगरपालिकाबीच आपसी सहकार्य र सिकाइको सहयोग प्राप्त भएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *