परोहा नगरपालिकाले ५३ करोडको बजेट प्रस्तुत गर्दै कृषि क्षेत्रलाई विशेष प्राथमिकता
filter: 0; jpegRotation: 0; fileterIntensity: 0.000000; filterMask: 0; module:1facing:0; hw-remosaic: 0; touch: (-1.0, -1.0); modeInfo: ; sceneMode: Auto; cct_value: 0; AI_Scene: (-1, -1); aec_lux: 65.0; hist255: 0.0; hist252~255: 0.0; hist0~15: 0.0;
असार ९ गते राम प्रवेश बैठा
रौतहट, – परोहा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि कुल ५३ करोड ६७ लाख ८२ हजार ६४ रुपैयाँको बजेट प्रस्तुत गरेको छ। परोहा नगरपालिकाको १०औं नगरसभा सोमबार सम्पन्न भएको हो, जसमा नगर प्रमुख शेख वकिलले सो बजेट प्रस्तुत गर्दै कृषि क्षेत्रलाई विशेष प्राथमिकतामा राखिएको जानकारी गराएका छन्।
नगरसभामा प्रस्तुत बजेट सर्वसम्मत रूपमा पारित गरिएको छ। नगर प्रमुख वकिलले परोहा नगरपालिका कृषिमा आधारित नगरपालिका भएकाले कृषकहरूको जीवनस्तर सुधार गर्न र स्थानीय उत्पादनलाई बजारसँग जोड्नका लागि कृषि क्षेत्रमै केन्द्रित योजनाहरू अघि सारिएको बताए।
कृषिमा विशेष जोड:
बजेटमा समावेश विशेष कार्यक्रमहरूमध्ये निम्न बुँदाहरू उल्लेखनीय छन्:
- आधुनिक कृषि प्रविधि प्रवर्द्धन
- मल तथा बिउ वितरण कार्यक्रम
- सिँचाइ सुविधा विस्तार
- कृषि यान्त्रिकीकरण योजना
- किसान तालिम तथा प्राविधिक सहयोग
नगर प्रमुख वकिलका अनुसार, “कृषिमा लगानी नगरी गाउँको विकास सम्भव छैन। त्यसैले परोहा नगरपालिकाले कृषि क्षेत्रलाई आत्मनिर्भर बनाउने लक्ष्यसहित यो बजेट तयार गरेको हो।”
नगरसभा कार्यक्रममा उपप्रमुख,प्रमुख प्रशासकीय अधिकृत मोहम्मद महफुज वडा अध्यक्षहरू, कर्मचारी, बुद्धिजीवी वर्ग, पत्रकार तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति थियो
