सर्लाही प्रहरीले गएको आर्थिक बर्षमा ६२० फरार प्रतिवादीलाई नियन्त्रणमा लिए
सर्लाही, २४ साउन । विभिन्न कसुरमा आरोपित भई कैद सजाय पाएका ६२० फरार प्रतिबादीहरुलाई सर्लाही प्रहरीले पक्राउ गरेर कार्यान्वयनको लागि जिल्ला अदालत समक्ष बुझाएका छन् ।
गत आर्थिक बर्ष २०८०÷०८१ मा जिल्ला प्रहरी कार्यालय सर्लाहीले अदालतको आदेश पत्रलाई कार्यान्वयन गर्ने शिलशिलामा विभिन्न कसुरमा सजाय पाएका ६२० जना लाई पक्राउ गरेर अदालत समक्ष बुझाएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएका हुन् ।
सर्लाही जिल्ला अदालतबाट कैद सजाय एवं जरिवाना पाएर फरार रहेका प्रतिवादीहरुलाई पक्राउ गरी समाजमा अमनचयन कायम गराई आम मानिसलाई शान्ति सुरक्षाको प्रत्याभुति दिलाउने अभिप्रायले एक बर्षमा ६२० फरार प्रतिबादीहरुलाई पक्राउ गरेर अदालत समक्ष बुझाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी दिपक श्रेष्ठले जानकारी दिए ।
पक्राउ परेका ६२० फरार प्रतिबादीबाट ८५ बर्ष २ महिना १ दिन कैद सजायमा ८९ लाख २८ हजार ५१८ जरिवाना असुल गराईएको डिएसपी श्रेष्ठले बताए ।
