बिगन कुमार साह: एक वर्षमा पाँच स्थानमा लोक सेवा आयोगमा सफलता
दिपेश कुमार शाह, रौतहट
रौतहटको कटहरिया–५, बहादुरपुरका निवासी बिगन कुमार साहले आफ्नो निरंतरता, धैर्यता, र लगनशीलताले प्रेरणाको नयाँ उदाहरण प्रस्तुत गर्नुभएको छ। सामान्य किसान परिवारमा जन्मेर पनि उहाँले आफ्नो मेहनत र सकारात्मक सोचको बलमा एकै वर्षमा पाँच स्थानमा लोक सेवा आयोगको परीक्षा उत्तीर्ण गरी उदाहरणीय सफलता हासिल गर्नुभएको छ। बिगन कुमार साहको सफलता यात्रा २०८० सालमा पोखराबाट नायब सुब्बा 1 नंबर वैकल्पिक पर्नु भयो। त्यसपछि, २०८१ साल वैशाखमा सहिद गंगालाल हृदय केन्द्रमा सहायक द्वितीय श्रेणीको पदका लागि सफलतापूर्वक नाम निकाल्नुभयो तर सिफरिस भएन। २०८१ साल साउनमा स्वास्थ्य बीमा बोर्डमा पनि उहाँको नाम सिफारिस भयो, यद्यपि व्यक्तिगत कारणले त्यो अवसर लिनुभएको थिएन।
त्यसैगरी, २०८१ साल मंसिरमा काठमाडौं लोक सेवा आयोग कार्यालयबाट पुनः न्याय तर्फ नायब सुब्बा पदमा नाम निकाली सिफारिश हुनु भयो र सफलताको झण्डा गाड्नुभयो। यस्तै, २०८१ साल माघमा शिक्षक सेवा आयोगको प्राथमिक तहको परीक्षामा पनि उत्तीर्ण भई बिगन कुमार साहले आफ्नो लक्ष्यप्रति समर्पित र सफल व्यक्तिको छवि प्रस्तुत गर्नुभएको छ।
सामाजिक अभियन्ता रहँदै समाज विकासप्रति चासो राख्ने साहले कटहरियामा पहिलो पटक क्रिकेट टुर्नामेन्टको आयोजना कटहरिया रंगशाला( कटहरीया स्टेडियममा गरी युवाहरूलाई खेलकुदप्रति आकर्षित गर्नुभएको थियो। समाजसेवामा सक्रिय रहँदा पनि उहाँले आफ्नो अध्ययनलाई कहिल्यै बाधा हुन दिनुभएन। कटहरिया नगरपालिका बिकास र समृद्धिको लागि आफ्नो तर्फबाट आवाज बुलंद गर्दै हुनु हुन्थियो । बिगन कुमार साहले प्रमाणित गर्नुभएको छ कि निरंतर प्रयास, लगनशीलता, र सकारात्मक सोचको बलमा असम्भव जस्तो देखिने लक्ष्य पनि प्राप्त गर्न सकिन्छ। उहाँको सफलता अहिले सबैका लागि प्रेरणाको स्रोत बनेको छ।
