सबै दोष सरकारलाई थुपारेर आर्थिक प्रगति हुन सक्दैन : मुख्यमन्त्री लामा
शनिबार, १३ पुस २०८१ चितवन ।
बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामाले सबै दोष सरकारलाई थुपारेर आर्थिक प्रगति हुन नसक्ने बताएका छन् । शनिबार चितवनको भरतपुरमा चितवन उद्योग संघको ३३ औ वार्षिक साधारण सभाको उद्घाटन गर्दै लामाले सरकारले गरेका ठुला–ठुला पूर्वाधार विकासको कुनै चर्चा नहुने सानातिना कामको बढी प्रशंसा हुने गरेको जिकिर गरेका हुन् ।
मुख्यमन्त्री लामाले सरकारले उद्योगी व्यवसायी किसानलाई दिइएको अनुदानको उचित ठाउँमा लगानी नभएको उल्लेख गरे । साना-साना कामको लागि पनि सरकारको मुख ताक्नु गलत भएको बताउँदै उनले सबै क्षेत्रमा सुधारको आवश्यकता रहेको बताए ।
