मानव वेचविखन विरुद्व सचेतना कार्यक्रम चन्द्रनिगाहपुरमा सम्पन्न
प्रेमचन्द्र झा
मंसिर ११ गते
रौतहट । चन्द्रपुर नगरपालिकाको जनज्योति नमूना माध्यमिक विधालयका कक्षा १० मा अध्ययनरत बालबालिकाहरुलाई मानव वेचविखन विरुद्वको सचेतना गराइएको छ । लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको दोस्रो दिन बिधार्थी विच सचेतनामुलक कार्यक्रम गरिएको हो । कार्यक्रममा मानव वेचविखन भनेको के हो ?मानव वेचविखन तथा ओसार प्रसारका प्रमुख कारणहरु ?आपराधिक प्रवृति ? मानव बेचविखन तथा ओसार पसारमा संलग्न हुन सक्ने व्यक्तिहरु ? मानव बेचविखन गर्ने तरिका,सीमावर्ति नाकामा अपराधिहरुबाट गरिने बाहानाहरु,दलालले प्रयोग गर्ने तरिका र दण्ड सजायको बारेमा जानकारी गराईएको थियो । त्यस्तै लैंगिक हिंसा, घरेलु हिंसा, महिलाहरुलाई श्रोतसाधनहरु मथि पहुच र नियन्त्रण, महिला सशक्तिकरणका कुराहरु उदहारण सहितका कुराको जानकारी गराईएको थियो ।

सो कार्यक्रममा इलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक साजन कुमार शर्मा र संरक्षण नेपाल शाखाका लैंगिक समानता र समावेशी (जेसी) अधिकृत भाग्यनारायण महतोले सहजीकरण गरेका थिए । कार्यक्रममा महिला सुरक्षा दवाव समुहका अध्यक्ष तथा महिला हिंसा नियन्त्रण जिल्ला संजालका सदस्य देवकी नेपालले लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको इतिहास र वर्तमान रौतहट जिल्लाको अवस्थाको बारेमा आफ्ना विचारहरु राखेका थिए । सय जना वालवालिकाको उपस्थितिमा प्रधानाध्यापक देवनारायण हुमागाँइको अध्यक्षतामा भएको कार्यक्रम संरक्षण नेपालको सहयोग,इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको आयोजना तथा चन्द्रपुर नगरपालिकाको समन्वयमा संचालन गरिएको थियो ।
