बलात्कार आरोपमा जनकपुरधाम उपमहानगरका दुई जना नगर प्रहरी पक्राउ
जनकपुरधाम – असोज १०, २०८१
धनुषाको जनकपुरधाममा जबरजस्ती करणीको आरोपमा दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिकामा कार्यरत नगर प्रहरी रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
जनकपुरधामस्थित घरमै गएर किशोरीको उनीहरूले बलात्कार गरेको उजुरीपछि प्रहरीले दुबैलाई पक्राउ गरेको हो। धनुषाका प्रहरी प्रवक्ता रञ्जन अवाले पीडित नावालिग रहेको र यस घटनाको जाहेरी आउन बाँकी रहेको बताए । उनले यो घटना अनुसन्धानको क्रममा रहेकाले पक्राउ व्यक्तिको नाम अहिले भन्न नमिल्ने बताए।
