समाजसेवी यूवा नेता शेख प्रवेज आलमले अति गरिब बालबालिकालाई कपडा बितरण

0

filter: null; fileterIntensity: null; filterMask: null; captureOrientation: 0; algolist: 0; multi-frame: 1; brp_mask:0; brp_del_th:null; brp_del_sen:null; motionR: 0; delta:null; module: video;hw-remosaic: false;touch: (-1.0, -1.0);sceneMode: null;cct_value: 0;AI_Scene: (-1, -1);aec_lux: 126.94943;aec_lux_index: 0;albedo: ;confidence: ;motionLevel: 0;weatherinfo: weather?null, icon:null, weatherInfo:100;temperature: 40;zeissColor: bright;

जेठ १३ गते राम प्रवेश बैठा

रौतहटको कटहरिया नगरपालिका वडा नं. ६ फतेपुर निवासी तथा प्रतिनिधिसभा सदस्य प्रत्यासी शेख प्रवेज आलमले ईद पर्वको अवसरमा मानविय सेवाको उदाहरण प्रस्तुत गरेका छन्।

उनले आफ्नो व्यक्तिगत पहलमा देवाहीगोनाही नगरपालिका वडा नं. ७ उचीडीह मोहम्मद टोलका अति गरिब परिवारका २०० जना बालबालिकालाई सौट, जिन्स तथा फराक वितरण गरेका हुन्।

ईद पर्वको खुशीयालीलाई सबैसँग बाँड्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा स्थानीय अभिभावक तथा समाजसेवीहरूको उल्लेख्य सहभागिता रहेको थियो। आर्थिक अवस्था कमजोर भएका परिवारका बालबालिकालाई नयाँ लुगा वितरण गर्दा बालबालिकामा खुशी छाएको देखिन्थ्यो।

कार्यक्रमलाई सम्बोधन गर्दै शेख प्रवेज आलमले ईद पर्वले आपसी प्रेम, सद्भाव र भाईचाराको सन्देश दिने भएकाले समाजका विपन्न वर्गलाई सहयोग गर्नु सबैको दायित्व भएको बताए। उनले आगामी दिनमा पनि सामाजिक तथा मानविय कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।

स्थानीयवासीहरूले ईदको अवसरमा गरिएको यस सहयोगप्रति शेख प्रवेज आलमलाई धन्यवाद व्यक्त गर्दै यस्ता सामाजिक कार्यले गरिब परिवारलाई ठूलो राहत पुगेको बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *