मौलापुरमा थप ८ कोठे विद्यालय भवनको शिलान्यास, शिक्षा क्षेत्रमा नगरपालिकाको उल्लेखनीय प्रगति

0

filter: 0; fileterIntensity: 0.0; filterMask: 0; captureOrientation: 0; runfunc: 0; algolist: 0; multi-frame: 0; brp_mask:0; brp_del_th:null; brp_del_sen:null; motionR: 65536; delta:1; bokeh:1; module: photo;hw-remosaic: false;touch: (-1.0, -1.0);sceneMode: 4194304;cct_value: 0;AI_Scene: (-1, -1);aec_lux: 109.71551;aec_lux_index: 0;albedo: ;confidence: ;motionLevel: 65536;weatherinfo: weather?null, icon:null, weatherInfo:100;temperature: 48;zeissColor: nature;

जेठ २० गते राम प्रवेश बैठा

रौतहटको मौलापुर नगरपालिकामा शिक्षा पूर्वाधार विस्तारको अभियान अन्तर्गत आज पुनः अर्को विद्यालय भवनको शिलान्यास गरिएको छ। मौलापुर नगरपालिका वडा नं. ६ पथरा बुधरामस्थित श्री उच्च माध्यमिक विद्यालयमा ८ कोठे नयाँ भवनको शिलान्यास नगर प्रमुख रीना कुमारी साहको करकमलबाट सम्पन्न भएको हो।

कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख साहले गुणस्तरीय शिक्षाका लागि भौतिक पूर्वाधारको विकास अपरिहार्य रहेको बताउँदै नगरपालिकाले शिक्षा क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर कार्य गरिरहेको उल्लेख गर्नुभयो। उहाँका अनुसार उक्त भवन निर्माण सम्पन्न भएपछि मौलापुर नगरपालिकाभित्र निर्माण भएका नयाँ कक्षाकोठाको संख्या १४५ पुग्नेछ।

छोटो समयमै शिक्षा, स्वास्थ्य, सडक तथा अन्य विकास निर्माणका क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गर्दै मौलापुरलाई सफलताको नयाँ उचाइमा पुर्‍याएको भन्दै स्थानीयवासी तथा सरोकारवालाहरूले नगर प्रमुख रीना कुमारी साहप्रति विशेष धन्यवाद व्यक्त गरेका छन्।

शिलान्यास कार्यक्रममा सोनरनिया माध्यमिक विद्यालयका प्रधानाध्यापक दिनेश राय यादव, प्रधानाध्यापक रामबिनय साह, पूर्व प्रमुख प्रशासकीय अधिकृत राम बाबु साह, शिक्षक–शिक्षिका, विद्यार्थी, सञ्चारकर्मी, विभिन्न राजनीतिक दलका नेता तथा अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। बिधालय प्रधानध्यापक राजेश सिंहको र बिधालय ब्यवस्थापन समितीको अध्यक्ष बिबेक राय यादवले जानकारी दिनुभएको छ।

कार्यक्रममा सहभागीहरूले नयाँ भवन निर्माणसँगै विद्यालयको शैक्षिक वातावरण थप सुदृढ हुने विश्वास व्यक्त गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *