कटहरियामा नगर सभापति भिखारी पंडित र उपसभापति शिला कुमारी साह सर्वसम्मत बाट चयन ,

0

जेठ १२ गते राम प्रवेश बैठा

रौतहटको कटहरिया नगरपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी ले संगठन विस्तार अभियानलाई तीव्रता दिएको छ। पार्टीले नगरपालिकाका विभिन्न वडामा ११–११ सदस्यीय वडा कमिटी गठन गरेको जनाएको छ।
पार्टीका नगर सभापति भिखारी पंडित, उपसभापति शिला कुमारी साह, कोषाध्यक्ष सन्तोष कुमार यादव तथा सदस्य पुनित ठाकुरको उपस्थितिमा वडा नं. १, २, ३, ५ र ७ मा वडा कमिटी गठन गरिएको हो।
नगर सभापति पंडितका अनुसार वडा नं. १ को सभापतिमा रामगणेश कुशवाहा, उपसभापतिमा तेतृ देवी तथा सचिवमा रामबाबु यादव चयन भएका छन्। त्यसैगरी वडा नं. २ को सभापतिमा रामदरेश दास, उपसभापतिमा राजेश्वर प्रसाद चौरसिया तथा सचिवमा धुपन कुमार यादव चयन भएका छन्।
यस्तै वडा नं. ३ को सभापतिमा लालबाबु प्रसाद गुप्ता, उपसभापतिमा शिला देवी जयसवाल तथा सचिवमा गोबिन्दा पटेल चयन भएका छन्। वडा नं. ५ को सभापतिमा जटाशंकर शोनी, उपसभापतिमा बबिता यादव तथा सचिवमा अजय प्रसाद यादव रहेका छन्।
त्यसैगरी वडा नं. ७ को सभापतिमा सुरेन्द्र साह, उपसभापतिमा कमोधिया देवी राम तथा सचिवमा रामबाबु चौरसिया चयन गरिएको नगर सभापति पंडितले जानकारी दिएका छन्।
पार्टीले स्थानीय स्तरमा संगठन मजबुत बनाउँदै जनतासँग प्रत्यक्ष सम्पर्क विस्तार गर्ने उद्देश्यले वडा कमिटी गठन अभियानलाई निरन्तर अगाडि बढाइने जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *