समनपुरमा ५४ वर्षपछि प्रहरी कार्यालयको नयाँ भवन निर्माण सुरु
चैत १८ गते राम प्रवेश बैठा
रौतहटको गढीमाई नगरपालिका–समनपुरमा ५४ वर्षपछि इलाका प्रहरी कार्यालयले नयाँ स्वरूप पाउने भएको छ। लामो समयदेखि जीर्ण अवस्थाको भवनमा सेवा दिँदै आएको प्रहरी कार्यालय अब आधुनिक संरचनामा रूपान्तरण हुन लागेको हो।
करिब ५१ लाख रुपैयाँको लागतमा निर्माण सुरु गरिएको उक्त भवन ८ कोठे आधुनिक संरचनाको हुनेछ। नयाँ भवन निर्माणसँगै प्रहरी कर्मचारीहरूको बसोबास सहज हुने तथा सेवाग्राहीलाई प्रदान गरिने सेवा थप प्रभावकारी हुने अपेक्षा गरिएको छ।
स्थानीय तह र प्रहरी प्रशासनको सहकार्यमा अघि बढाइएको यस परियोजनाले समनपुर क्षेत्रको सुरक्षा व्यवस्थामा महत्वपूर्ण सुधार ल्याउने विश्वास लिइएको छ। आधुनिक भवनले अपराध नियन्त्रण, अनुसन्धान र सेवा प्रवाहलाई थप चुस्त बनाउने अपेक्षा गरिएको स्थानीयवासीको भनाइ छ।
स्थानीय सरकारका प्रतिनिधिहरूले पनि समयमै निर्माण सम्पन्न गरी नागरिकलाई गुणस्तरीय सुरक्षा सेवा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन्
